विश्वभर कोरोनामुक्त हुनेको संख्या दुई करोड ५१ लाख नाघ्यो, भारतमा सबैभन्दा धेरै निको भए

१४ आश्विन, विराटनगर ।
विश्वभर कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या दुई करोड ५१ लाख ४८ हजार पुगेको छ।

Advertisement

विश्वका विभिन्न देशमा उपचाररत बिरामीको संख्या करीब ७६ लाख ८३ हजार बढि छ। उपचाररत बिरामीमध्ये ६५ हजार ९२७ जना गम्भीर छन्। संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख १२ हजार ६५९ पुगेको छ। पछिल्लो २४ घन्टामा विश्वमा पाँच हजार ८४३ जनाको मृत्यु भयो।

जसमध्ये सबैभन्दा बढी भारतमा एक हजार १७८ जनाको मृत्यु भयो। त्यस्तै अमेरिकामा ९७७ र ब्राजिलमा ८४९ जनाको मृत्यु भएको छ। अहिले सबैभन्दा बढी उपचाररत संक्रमित अमेरिकामा छन्। त्यहाँ २५ लाख ४७ हजारले उपचार गराइरहेका छन्।

Advertisement

जसमध्ये १४ हजार २ सय बढि गम्भीर छन्। भारतमा उपचाररत संक्रमित नौ लाख ४१ हजारभन्दा धेरै रहेका छन्। तीमध्ये झण्डै ९ हजार जना गम्भीर छन्। कोरोनमुक्त हुनेको संख्या भारतमा सबैभन्दा बढी छ। त्यहाँ ५१ लाख ८४ हजारभन्दा धेरै जना संक्रमणमुक्त भइसकेका छन्।

त्यसपछि अमेरिकामा ४६ लाख ४८ हजार ४२८ जना निको भएका छन्। ब्राजिलमा पनि अहिलेसम्म ४१ लाख ३५ हजार जना निको भएका छन्। हालसम्म विश्वभर तीन करोड ३८ लाख ४४ हजारभन्दा बढि संक्रमित भएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top