NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह आइतवार असार २२ , २०८२
नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने  आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल  आइतवार असार २२ , २०८२
ट्रम्प मस्कको महायुद्ध,नयाँ पार्टी घोषणा ?ट्रम्पको साम्राज्य ढल्छ? आइतवार असार २२ , २०८२
अपरेशन सिन्दूरबारे भारतको अर्काे खुलासा, पाकको पछि थियो चीन आइतवार असार २२ , २०८२
Next
Prev

समाचार

“पदाधिकारी नभएर एक्लै मिटिङ बस्नुपरेको छ, अनि समस्या कसरी सम्बोधन हुन्छ ?”

बुधबार अशोज १४ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
“पदाधिकारी नभएर एक्लै मिटिङ बस्नुपरेको छ, अनि समस्या कसरी सम्बोधन हुन्छ ?”
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१४ आश्विन, काठमाडौं ।
राष्ट्रिय समावेशी, महिला र मधेशी आयोगका पदाधिकारीले आयोगले पूर्णता नपाउँदै पुनरावलोकनको प्रश्न नउठाउन संसद् र सरकारलाई सुझाव दिएका छन् ।

सरकारले आयोगलाई पूर्णता नदिएको तथा संसद्बाट कानून निर्माणमा ढिलाइ हुँदा काम गर्न अप्ठेरो परेका बेला क्षमतामा प्रश्न उठाएर पुनरावलोकनको कुरा नगर्न पदाधिकारीले संसद् र सरकारको गम्भीर ध्यानाकषर्ण गराएका हुन् ।

राष्ट्रिय महिला आयोग र राष्ट्रिय समावेशी आयोगका साथै दलित, मधेशी, थारु, मुस्लिम आयोग सङ्घीय संसदले संविधान जारी भएको मितिले १० वर्षपछि पुनरावलोकन गर्ने संवैधानिक व्यवस्था छ ।

Advertisement

राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिमा राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णु ओझाले भने, “पदाधिकारी नभएर एक्लै मिटिङ बस्नुपरेको छ, आफैँ मिटिङ बोलाउने, प्रस्ताव गर्ने, स्वीकृत गर्ने र लागू गर्ने परिस्थितिले कहाँ सुशासन देला ?”

अध्यक्षको नियुक्ति गरेको डेढ वर्ष बितिसके पनि सदस्यको मनोनयन नहुँदा त्यस्ता आयोगका काम प्रभावकारी हुन सकेका छैनन् । कानूनमा बलियो व्यवस्था भए पनि पदाधिकारी नियुक्ति र बजेट विनियोजनले व्यवहारमा बेवास्ता गरिएको आभाष भएको आयोग पदाधिकारीको गुनासो छ ।
राष्ट्रिय महिला आयोग त लामो समयदेखि पदाधिकारीविहिन नै छ भने अरु आयोगमा अध्यक्ष भए पनि सदस्यको नियुक्ति नहुँदा कार्यसम्पादनको विषयलाई लिएर विभिन्न कोणबाट आयोगकै औचित्यमाथि प्रश्न उठाइएको छ ।

कार्यवाहक अध्यक्ष ओझा भन्छन्, “कानून निर्माण गर्न नसकेर काम गर्न सकिएको छैन, सांसद भने कानून निर्माण गर्ने मुख्य काम छोडेर विकास निर्माणका लागि कुदेको देखिन्छ, यो सुहाँउदो कुुरा भएन, सबैले आफनो मुख्य जिम्मेवारीलाई नै प्राथमिकतामा राखेर काम गर्नु पर्यो ।”

ती आयोगले तत् समुदायलाई लक्षित गरी जागरण, सचेतना र रूपान्तरणका कार्यक्रम सञ्चालन र प्राप्त उजुरीलाई कसैको दवाब र प्रभावमा नपरी तदारुताकासाथ फरफारक गरिरहेको जानकारी दिइयो । भौतिक पूर्वाधार र बजेटको अभावका कारण कतिपय आयोगका पदाधिकारी नियुक्ति गरिएमा पनि बस्ने कोठा नभएको जानकारी दिइयो ।

मधेशी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले भने, “आयोगमा तत्कालै चार सदस्य नियुक्त भयो भने उनीहरुलाई बस्ने ठाउँ नै छैन, कार्यक्रम गर्न रु पाँच लाख दिइएको छ, त्यो पैसाले मधेशी समुदायको समस्या कसरी सम्बोधन हुन्छ ?”

आयोगका गतिविधिलाई प्रभावकारी तुल्याउने विषयमा सम्बन्धित मन्त्रालयबाट राम्रो सहयोग र समन्वय नपाएको बताउँदै उहाँले डेढ वर्षको अवधिमा १८ जना सचिव फेरिेन्छन् भने कसरी स्थायित्वको कल्पना गर्न सकिन्छ भनी प्रश्न गरे ।

राष्ट्रिय महिला आयोगका सचिव शान्ता अधिकारीले पदाधिकारी अभावमा आयोगबाट हाल सामान्य विज्ञप्तिसमेत जारी गर्न नसकिएको जनाउँदै यो अवस्थाले निरन्तता पाएमा दाताको सहयोगमा सञ्चालन हुँदै आएका हेल्पलाइनलगायतका कार्यक्रम रोकिन सक्ने जानकारी गराए ।

यसअघि बैठकमा सांसद खीमलाल भट्टराईले सुझाव, दवाव र जागरणको भूमिकामा रहेका आयोगले छिटो पूर्णता प्राप्त गरेपछि मात्र गरिएका प्रयास र पहिचान भएका समस्या कार्यान्वयन हुन सक्ने बताए ।

धेरै संवेदनशील क्षेत्रको समस्या र मुद्दा पहिचान गर्न गठन भएका आयोगले समयमै पूर्णता नपाउँदा अहिलेसम्म ठोसरूपमा केही गर्न नसकेको जस्तो देखिएको बताउदै उहाँले कोभिड–१९ ले निम्त्याएको लकडाउनपछि महिलामाथि घरेलु हिंसाका घटना बढेकाले यसलाई रोक्न यो बेला आयोगको अझ प्रभावकारी भूमिका आवश्यक रहेको उल्लेख गरे ।

समितिका सभापति दिलकुमारी रावलले संविधानको मर्म र भावनाअनुसार आयोग गठन गर्नु उपलब्धि भए पनि साधन स्रोतसहित आयोगलाई पूर्णता दिनु आजको अपरिहार्य भएकाले यसतर्फ गम्भीर हुन सरकारलाई सुझाव दिए ।(रासस)

लोकप्रीय

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 

११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 

आइतवार असार २२ , २०८२

विचार

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 

११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 

आइतवार असार २२ , २०८२

थप समाचार

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह
अन्तर्राष्ट्रिय

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै
Breaking news

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 
आर्थिक

११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 

आइतवार असार २२ , २०८२
ट्रम्पको साथले मस्कको भाग्य झनै चम्कियो
अन्तर्राष्ट्रिय

ट्रम्प मस्कको महायुद्ध,नयाँ पार्टी घोषणा ?ट्रम्पको साम्राज्य ढल्छ?

आइतवार असार २२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 

११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 

आइतवार असार २२ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.