विवाह मण्डपबाटै दुलहादुलही पक्राउ

विवाह मण्डपबाटै दुलहादुलही पक्राउ

रुकुम, २४ वैशाख ः जिल्लाको मुसिकोट नगरपालिकामा आज बालविवाह गरिरहेका एक जोडी पक्राउ परेका छन् ।

बालविवाह गर्न लागेको गोप्य सूचनाका आधारमा प्रहरीले दुलहादुलहीलाई विवाह मण्डपबाटै पक्राउ गरेको थियो । केटाकेटीबीच केही दिनअघि प्रेम विवाह भएको थियो । मुसिकोट नगरपालिका–१० का १७ वर्षीय बालक र नगरपालिका–९ की १६ वर्षीया बालिकाबीच बालविवाह हुँदै गर्दा गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए।

प्रहरीले दुलहादुलहीलाई पक्राउ गरेपछि विवाह रोकिएको छ । ती केटाकेटीलाई अभिभावकको जिम्मा लगाइने प्रहरीको भनाइ छ । प्रहरीको सक्रियतामा जिल्लामा योसहित १६ वटा बालविवाह रोकिएका छन् ।
रासस

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.