×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बैंगलोर फेरि पराजित

२५ बैशाख २०७५

सनराइजर्स हैदरावादसँग ५ रनले पराजित हुँदै रोयल च्यालेन्जर्स बैंलोर इन्डियन प्रिमियर लिग (आइपिएल) मा प्ले अफ पुग्ने सम्भावना लगभग समाप्त पारेको छ।

१ सय ४७ रनको विजय लक्ष्य पछ्याएको बैंगलोरले ६ विकेटको क्षतिमा १ सय ४१ रन मात्र बनाउन सक्यो।

Advertisement
Advertisement

अन्तिम बलमा जितका लागि ६ रनको आवश्यकता रहेको अवस्थामा भुवनेश्वर कुमारले कोलिन डी ग्रान्डहोमेको विकेट लिएपछि हैदरावाद विजयी भएको थियो ।

बैंलोरका लागि कप्तान विराट कोहलीले ३९, ग्रान्डहोमले ३३, मन्दीप सिंहले अविजित २१, पार्थिव पटेलले २० र माइन अलिले १० रन जोडे पनि टिमलाई जिताउन सकेनन्।

हैदराबादका सकिब अल हसनले २, सन्दीप शर्मा, भुवनेश्वरकुमार, सिद्धार्थ काउल र रासिद खानले समान १-१ विकेट लिएका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो।

उसका लागि काने विलियम्सनको अर्धशतक प्रहार गरेका थिए। ३९ बल खेलेका विलियम्सनले ५ चौका र २ छक्कासहित ५६ रन बनाए । सकिबले ३२ बलमा ५ चौकासहित ३५ रन जोडे। ओपनर शिखर धवनले १३ र युसुफ पठानले १२ रन बटुले। बाँकी कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्।

बैंगलोरका लागि टिम साउथी, मोहम्मद सिराजले समान ३-३ तथा उमेश यादव र युजभेन्द्र चाहलले समान १-१ विकेट लिएका थिए।

यो जितसँगै  १० खेलबाट ८ खेल जितेको हैदरावाद १६ अंकसहित शीर्ष स्थानमा कायमै छ। यस्तै समान खेलबाट तीन खेल जितेको बैंलोर समूहको ६ अंकसहित छैठौं स्थानमा छ।

आइपिएलमा मंगलबार राजस्थान रोयल र किङ्स ११ पञ्जाब भिड्नेछन्। तालिकामा पञ्जाब १२ अंकसहित तेस्रो स्थानमा छ भने राजस्थान रोयल ६ अंकसहित तालिकाको पुछारमा छ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top