प्रदेश १ मा १ सय ८२ संक्रमित थपिँदा १७४ डिस्चार्ज

१४ असोज ७७, बिहीबार

१५ असोज, विराटनगर ।
पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ३ जनाको मृत्यु भएको छ । सुनसरीका २ पुरुष र मोरङकी १ महिलाको मृत्यु भएको हो । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा बिहीबार १ सय ८२ संक्रमित थपिएका छन् । मोरङमा ९८, सुनसरीमा ६८, झापामा७, ताप्लेजुङ र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ६८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २६ महिला र ४२ पुरुष छन् ।

मोरङको जहदामा ६ महिला ११ पुरुष, धनपालथानमा ४ पुरुष, ग्रामथानमा १ महिला २ पुरुष, कटहरीमा १ महिला १पुरुष, बुढीगंगामा २ पुरुष, केराबारीमा १ महिला, स्थानीयतह नखुलेका १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उता सुनसरीको धरानमा ११ महिला ३३ पुरुष, इटहरीमा ६ महिला १३ पुरुष, रामधुनीमा १ महिला २ पुरुष, दुहवीमा १ महिला, स्थानीयतह नखुलेका १ पुरुष, झापाको विर्तामोडका २ महिला २ पुरुष, अर्जुनधारामा २ पूरुष, गौरादहका १ महिला, ताप्लेजुङ र भोजपुरको अरुणका १–१ पुरुष र प्रदेश १ बाहिरका १महिला ६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ९८० पुगेको छ ।

Advertisement

प्रदेश १ मा बिहीबार १७४ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट १३९, कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट २३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ७, मेची अस्पताल झापाबाट ५ जना डिस्चार्ज भएका छन् । हाल सम्म ३ हजार २७२ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा विहीबार ९ सय७८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६० महिलार १२२ को रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख २४ हजार ७२३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

भर्खरको समाचार

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

सम्बन्धित समाचार

Scroll to Top