१६ असोज, अर्घाखाँची । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र सहायक प्रजिअ विक्रम थापालाई कोरोनाभाइरस संक्रमण देखिएको छ । ज्वरो, रूघाखोकी लागेपछि प्रजिअ पौडेलको स्वाब परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको हो ।
सहायक प्रजिअ थापामा भने कोरोनाका लक्षण देखिएको छैन । उनीहरू शीतगंगा नगरपालिका कोठिया तथा सन्धिखर्क नगरपालिका भुजुंगे क्षेत्रमा पहिरोपीडितलाई राहत वितरण गरेर फर्केका थिए।
बिहीबार कोरोना पोजेटिभ देखिएपछि प्रजिअ र सहायक प्रजिअ होम आइसोलेसनमा बसेका छन् ।
जिल्ला प्रशासन कार्यालयले काम भने रोकेको छैन । अर्का सहायक प्रजिअ विनोद खनाललगायत कर्मचारी कार्यालयमा छन् । उनीहरूले सेवाग्राहीका काम गरिरहेका छन् ।