प्रहरी हुँ भन्दै पैसा असुल्ने पक्राउ

१५ असोज ७७, शुक्रबार

१६ असाेज, काठमाडौं ।
प्रहरी कर्मचारी हुँ भन्दै धाकधम्की दिई  पैसा असुल्ने एक जनालाई  प्रहरीले पक्राउ गरेकाे छ ।

Advertisement

काठमाडौं महानगरपालिका-१ नक्सालस्थित कन्टेक प्रालिमा गिट्टी बालुवा झारेको पैसा असुल्न खोजेको अभियोगमा भक्तपुर नयाँठिमी बस्ने ओखलढुङ्गा लिखु गाउँपालिका-३ दामनाङटार घर भएका ३२ वर्षीय कुल बहादुर बस्नेतलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।

बस्नेत सहित ४ जनाले प्रहरी हुँ भन्दै उक्त प्रालिमा गिट्टी बालुवा झारेको पैसा माग्दै धाकधम्की दिई हुलहुज्जत समेत गरेको भन्ने सूचना प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Advertisement

घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा  थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ  ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top