१६ असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा मात्र हालसम्मकै धेरै २ हजार ७ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ भने आजै ३ हजार ३ सय ७ जना डिस्चार्ज भएका छन् ।
योसंगै हालसम्म नेपालमा संक्रमित हुनेहरुको संख्या ८२ हजार नाघेको छ भने निको हुनेको संख्या ६० हजार नाघेको छ । हालसम्म संक्रमित हुनेहरुको संख्या ८२ हजार ४ सय ५० पुगेको छ ।
त्यस्तै निको हुनेहरुको संख्या पनि ६० हजार ६ सय ९२ पुगेको छ । आज २१ हजार २ सय ३४ जना आइसोलेसनमा उपचाररत छन् ।