लालपुर्जा खोज्दा राजधानी ‘उपहार’

१८ असोज ७७, आइतबार

दाङ : भालुवाङ क्षेत्रमा बस्ती बसेको चार दशक भयो। यहाँका १ हजार ५ सय परिवारकोआफू बसेको घर र जमिनको लालपुर्जा पाउने चाहना अझै पूरा भएको छैन। तर, भालुवाङलाई प्रदेश ५ को स्थायी राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा पेस भएपछि स्थानीयमा खुसीयाली छाएको छ।

Advertisement

‘प्रदेश राजधानी बनाउने कुराले औधी खुसी भएका छौ’, राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष जगत पोख्रेलले भने, ‘लालपुर्जा खोजेको ठाउँमा राजधानी पाइने भयो।’ राजधानीसँगै बस्ती स्थायित्वको विश्वाससमेत बढेको पोख्रेलको भनाइ छ। ‘अब लालपुर्जा पाउँदै गरौंला तर पहिले राजधानीको निर्णय कार्यान्वयन होस्’, उनले भने।

सुगम जिल्ला भए पनि विकासका दृष्टिले पछि परेको क्षेत्र हो भालुवाङ। त्यो पनि ऐलानी जग्गामा बसेको बजार क्षेत्र। तर, अब यो क्षेत्र राजधानीका नामले चर्चित हुने स्थानीयको विश्वास छ।

Advertisement

संघका अध्यक्ष पोख्रेलले राजधानीको निर्णयसँगै यो क्षेत्रमा विकासले फड्को मार्ने विश्वास गरे। प्रदेशको मध्यभागमा रहेको भालुवाङलाई ‘भर्जिन ल्यान्ड’कै रूपमा चित्रण गरिँदै आएको थियो। यद्यपि नाम भने कहिले कसैले उल्लेख गरेनन्। सरकारले एकै पटक राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा पेस गरेको हो।

राजनीतिक रूपमा गुमनामजस्तै रहेको भालुवाङलाई राजधानी प्रस्ताव गरिएपछि चर्चामा आएको छ। यो विषय भालुबाङ क्षेत्रलाई भने ‘सरप्राइज’ नै बनेको छ।, याे समाचार अन्नपूर्ण पाेस्ट दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top