×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026
Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026
Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026

बूढीगण्डकीको ठेक्का प्रक्रिया शुरु गरिँदै

२५ बैशाख २०७५

काठमाडौँ, २५ वैशाख ः सरकारले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया शुरु गर्दै आगामी आर्थिक वर्ष २०७५÷७६ मा ठेक्का प्रक्रिया अगाडि बढाउने भएको छ ।

लामो समयदेखि आयोजना कसरी निर्माण गर्ने भन्नेबारेमा अन्योल रहेको बेला सरकारले ठेकेदार छनोट गर्ने तयारी गरेको हो ।

Advertisement

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री वर्षमान पुनले भने, “आगामी आवमा नै आयोजनाको निर्माण प्रक्रिया शुरु गर्ने गरी आवश्यक तयारी गरिएको छ ।” कूल एक हजार २०० मेगावाट क्षमताको सो आयोजना पूर्ववर्ती सरकारले नेपाली लगानीमा नै निर्माण गर्ने निर्णय गरेको थियो ।

आयोजनालाई लगानीयोग्य बनाउन करीब रु एक खर्ब अनुदान दिने निर्णयसमेत पूर्ववर्ती सरकारले गरेको थियो । आयोजनाका लागि चालू आवमा रु १० अर्ब बजेट विनियोजन गरिएकामा त्यसबाट स्थानीय प्रभावितलाई मुआब्जा वितरणलगायतको काम जारी रहेको छ । यस्तै नेपाल आयल निगमले आयोजनाका लागि भन्सार बिन्दुमा नै लगाएको पूर्वाधार करबाट हालसम्म र १८ अर्ब रकम जम्मा भइसकेको छ ।

आयोजनाको कूल लागत रु दुई खर्ब ७३ अर्ब रहेको छ । पत्रकार सम्मेलनमा मन्त्री पुनले आयोजना अरु कुनै विदेशी कम्पनी वा निकायलाई दिनेबारे आफूले कुनै निर्णय नगर्ने बताए ।

“नेपाल सरकारले नै आयोजना निर्माण गर्छ । त्यसका लागि आवश्यक तयारी भइरहेको छ । अनावश्यक शंका वा आशंका नगर्न म सबैलाई आग्रह गर्छु”, मन्त्री पुनले भने ।

आयोजनाबाट धादिङ र गोरखाका साविकका २७ गाविस प्रभावित हुनेछन् । धेरैजसो प्रभावित क्षेत्रको मुआब्जाका बारेमा निर्णय भए पनि धादिङको खहरे बजार र गोरखाको आरुघाट बजारको भने हालसम्म मुआब्जा निर्धारण हुन सकेको छैन । ती स्थानको शीघ्र मुआब्जा निर्धारण तथा अन्य क्षेत्रको मुआब्जा वितरण प्रक्रिया अगाडि बढाउन माग गर्दै स्थानीयवासीले आग्रह गर्दै आएका छन् ।

मुआब्जा पनि नपाउने र भूकम्पका कारण भत्किएका भवन तथा आवाससमेत निर्माण गर्न नपाउने दोहोरो चपेटामा आयोजना प्रभावित रहेका छन् । सरकारले आगामी आवका लागि सो आयोजनामा रु १८ अर्ब बजेट उपलब्ध गराउने प्रस्ताव गरेको जनाइएको छ । मन्त्री पुनले आयोजना तयारी अवस्थामा रहेकाले निर्माण शुरु गरिने विश्वास दिलाए ।

Advertisement

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको आयोजना भएकाले पनि निर्माण शुरु गरिहाल्न कुनै समस्या नभएको मन्त्रालयले जनाएको छ । सरकारले सो आयोजनालाई राष्ट्रिय गौरवको परियोजनामा राखेको छ ।
रासस

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top