ट्रम्पको स्वास्थ्य ‘तीव्र सुधारोन्मुख’ बताएका चिकित्सकको भनाइ विवादमा

१८ असोज ७७, आइतबार

१८ आश्विन, एजेन्सी ।
अस्पताल भर्ना भएर कोभिड–१९ को उपचार शुरु गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य ‘तीव्र सुधारोन्मुख’ भएको बताएका चिकित्सकको भनाइ विवादमा परेको छ।

Advertisement

ह्वाइट हाउसले आगामी ४८ घन्टामा उनको स्वास्थ्य गम्भीर हुनसक्ने जनाएको छ। डा. सिन कोन्ले ट्रम्पलाई अतिरिक्त अक्सिजन नदिइएको र उनी गएको २४ घन्टा ज्वरोमुक्त रहेको बताएका थिए।

तर, त्यसको केही समयपछि नै ह्वाइट हाउसका कर्मचारी प्रमुखले ट्रम्पको स्वास्थ्य स्पष्टरुपमा सुधारोन्मुख नभएको बताए। ट्रम्प अझै ‘केही दिन’ वाल्टर रिड नेशनल मिलिटरी मेडिकल सेन्टरमा नै रहने ह्वाइट हाउसले जनाएको छ।

Advertisement

उनका चिकित्सक डा. कोन्लेले आफू ट्रम्प चाँडै निको हुनेमा आफू ‘सावधानीपूर्वक आशावादी’ रहेको तर, अहिले नै डिस्चार्जको मिति भन्न नसक्ने बताएका छन्।

डाक्टरको भनाइ विपरित ह्वाइट हाउसका ‘चिफ आफ स्टाफ’ मार्क मिडोवजले पछिल्लो २४ घन्टामा ट्रम्पलाई देखिएका लक्षणहरुले धेरै सावधानी अपनाउनुपर्ने भएको बताएका थिए। उनले आगामी ४८ घन्टा थप गम्भीर हुनसक्ने पनि बताएका थिए।

Advertisement

अस्पतालले ७४ वर्षीय ट्रम्पलाई उमेर र तौलका कारण पनि अति खतराको वर्गमा राखेर औषधि चलाएको छ। उनलाई अहिले कोरोनाविरुद्धको उपचारमा प्रयोग भइरहेको एउटा औषधिहरुको ‘कक्टेल’ सुइ र रेम्डेसिभिर चलाइएको छ।

आगामी ३ नोभेम्बर हुने राष्ट्रपतिको निर्वाचनमा ट्रम्पले डेमोक्र्याटिक उम्मेद्वार जो बाइडेनको सामान गर्दैछन्। उनी बिरामी भएपछि उनका अन्तिम चरणका प्रचार कार्यक्रम प्रभावित हुने जनाइएको छ।

यता उनका प्रतिद्वन्द्वी बाइडेनले कोरोनाभाइरस नियन्त्रण रणनीतिबारे सोधिएको एक प्रश्नमा यति वेला आफूले ट्रम्पको आलोचना नगर्ने बताएका छन्। शनिबार भएको भर्चुअल कार्यक्रममा उनलाई यातायात मजदुरहरुले महामारी नियन्त्रणबारे सोधेका थिए।

उनले जवाफमा भने, “आधारभूत रुपमै फरक गर्थेँ, तर यति वेला राष्ट्रपति आफैँ बिरामी भएकाले उनको रणनीतिको आलोचना गर्न कठिन छ।” उनले राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियाको आलोचना नगर्ने भन्दै शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।(बीबीसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top