१८ असाेज, काठमाडौं।
प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । गत विहीबार पीसीआर टेष्टका लागि स्वाब संकलन गरिएको बजगाईको आइतबार परीक्षण रिपोर्ट आएको हो ।
कोरोना परीक्षणपछि पोजेटिभ रिपोर्ट आए पनि आफूलाई कुनै लक्षण नदेखिएको बजगाईले बताए । उनी अहिले होम आइसोलेशनमा बसेका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटमा लेखेका छन्, “पछिल्लो पटक गरिएको पीसीआर परीक्षणबाट ममा कोरोना पोजेटिभ देखिएको छ, सम्पर्कमा रहनुभएका मित्रहरुलाई पीसीआर परीक्षण गर्न अनुरोध गर्दछुँ । हाल मेरो स्वास्थ्य अवस्था ठीक छ ।”
प्रधानमन्त्री कार्यालयका फोटो पत्रकार राजन काफ्लेलाई पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ । शनिबार मात्र प्रधानमन्त्रीका तीन सल्लाहकार तथा प्रमुख स्वकीय सचिवमा कोरोना संक्रमण पुष्टि भएको थियो ।