१८ असोज, सुनसरी ।
सुनसरीका दुई अलग अलग स्थानबाट लागुऔषध सहित तीन जना पक्राउ गरेका छन् । सुनसरीको इनरुवा ३ स्थित राजमार्ग एरियाबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरी दुहबी १० का २६ बर्षीय दिपककुमार यादब र हरीनगर ६ का ३४ बर्षीय सहिद मिया रहेका छन् । पक्राउ परेका दुबै जनाले राजमार्ग छेउको झाँडीमा लागुऔषध लुकाई छिपाई राखिरहेको भन्ने सुचनाका आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई शनिबार बिहान नियन्त्रणमा लिएको हो ।
नियन्त्रण पश्चात उनीहरुले लुकाउँदै गरेको बोरा चेकजाँच गर्दा १४० बोतल डाईलेक्स डिसी, ३९६० क्याप्सुल प्रकेक्सोभोन उगिक र १३५० निट्राभेट ट्याप्लेट फेलापारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यसै गरी सुनसरीकै कोशी गाँउपालिका ३ नहर चोकबाट २८ बर्षीय कमरुदिन मिया लागुऔषध सहित पक्राउ परेका छन् । यसरी लागुऔषधसहित पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।