१९ आश्विन, धरान ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु भएको छ।
सोमवार बिहान ५५ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए। सुनसरीस्थित धरान वडा १५ का ती पुरुषमा असोज १६ गते कोभिड–१९ पुष्टि भएको थियो।
मिर्गौलासम्बन्धी रोग र हइपरटेन्सनका बिरामी रहेका ती पुरुषको कोभिड पुष्टि भएकै दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो।