१०१ वर्षीया वृद्धाले १६ दिनमा नै कोरोना जितिन्

१८ असोज ७७, सोमबार

१९ आश्विन, काठमाडौँ ।
मध्यपुर थिमि नगरपालिका–६, पाचोकी १०१ वर्षीया वृद्धाले कोरोना संक्रमणलाई जितेकी छिन् । संक्रमित भएको १६ दिन पछि उनी कोरोना भाइरसबाट मुक्त भएकी हुन्। असोज २ मा संक्रमण पुष्टि भएकी गणेशमाया प्रजापतिले १६ दिनमा नै कोरोना जितेकी हुन्।

उनको गत शुक्रवार साँझ नतिजा नेगेटिभ आएको छोरा इन्द्रबहादुर प्रजापतिले बताए। इन्द्रबहादुर मध्यपुर थिमि नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष हुन्। उनको कोरोना परीक्षण पोजिटिभ आएपछि परिवारको परीक्षण गर्ने क्रममा आमा गणेशमायामा पनि संक्रमण देखिएको थियो।

इन्द्रबहादुरका अनुसार उनकी दिदी र छोरामा पनि संक्रमण देखिएको थियो। गणेशमायामा कुनै प्रकारको दीर्घरोग नभएको छोरा इन्द्रबहादुरले बताए। १० वर्षअघि पत्थरीको शल्यक्रिया गर्ने क्रममा उच्चरक्तचापको औषधि सेवन शुरु गरे पनि दुई वर्ष उक्त औषधि सेवन बन्द गरेको इन्द्रबहादुरले जानकारी दिए।

कुनै रोग नभए पनि गणेशमाया शारीरिक रुपमा भने केही कमजोर थिइन्। उनी नियमित भिटामिन ई सेवन गर्छिन्। एक दिन भिटामिन ई सेवन नगरे थकान महसुस गर्ने गरेको इन्द्रबहादुरले बताए। कोरोना संक्रमणका बेला गणेशमायामा कुनै विशेष खालको लक्षण नदेखिएको इन्द्रबहादुरले बताए।

उनलाई सामान्य रुघाखोकी र छाती दुख्ने लक्षण देखिएको थियो। ‘केही वर्षअघि स्वास्थ्य परीक्षण गर्दा आमाको मुटु केही सुन्निएको र कमजोर छ भनेका थिए। त्यसैले अहिले छाती दुख्ने लक्षण देखिएको होला,’ इन्द्रबहादुरले भने, ‘अरु खासै त्यस्तो लक्षण पनि देखिएन।

स्वास्थ्यमा समस्या पनि आएन, सामान्य नै रह्यो।’ कोरोना संक्रमण पुष्टि भएपछि गणेशमाया होम आइसोलेसनमा नै बसिन्। आइसोलेसनमा बसेका बेला उनले दिनमा दुई चक्की भिटामिन सीबाहेक अन्य औषधि नलिएको इन्द्रबहादुरले बताए।

उनका अनुसार गणेशामायाले नियमितरुपमा पौष्टिक खाना र तातोपानी सेवन गर्ने, तातोपानीको बाफ लिने र घरेलु औषधिकोरुपमा ल्वाङ, सुकुमेल, अलैंची, बेसार, अदुवा, पिपला, जाइपत्रीलगायत मिसाएर तातोपानी सेवन गरेकी थिइन्।

परिवारमा गणेशमायालाई मात्र नभई संक्रमित आफू र दिदी तथा छोरामा समेत कुनै विशेषखालको लक्षण नदेखिएको र सबैले नियमितरुपमा वाफ लिने, तातोपानी पिउने र पौष्टिक खाना खाएर कोरोना जितेको इन्द्रबहादुरले बताए।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top