प्रदेश ५ को नाम र राजधानीबारेको प्रस्तावमा छलफल गर्न प्रदेशसभा बैठक सुरु

प्रदेश ५ को नाम र राजधानीबारेको प्रस्तावमा छलफल गर्न प्रदेशसभा बैठक सुरु

२० असोज, बुटवल । प्रदेश ५ को नाम र राजधानीबारेको प्रस्तावमा छलफल गर्न डाकिएको प्रदेशसभा बैठक सुरु भएको छ । मंगलबार दिउँसो १२ बजेलाई डाकिएको बैठक करिब एक घण्टा ढिलो सुरु भएको हो ।

दलहरू आन्तरिक छलफलमा रहेकाले बैठक केही समय ढिलो गरिएको सभामुख पूर्णबहादुर घर्तीले बताए । कार्यसूची अनुसार प्रदेशसभामा अहिले विपक्षी दलका नेता एवं कांग्रेस संसदीय दलका प्रमुख वीरेन्द्रकुमार कनौडियाले धारणा राखेका छन् ।

उनीलगत्तै मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गर्दैछन् । पोखरेलले दाङमा राजधानी लैजानुको कारणबारे प्रदेशसभालाई जानकारी गराउनुका साथै रुपन्देही कपिलवस्तु, नवलपरासीलाई समेटेर पर्यटकीय र सांस्कृतिक राजधानी एवं बुटवल, भैरहवा करिडोरलाई वित्तीय राजधानी बनाउने विषयमा मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्नेछन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.