गोसाइँकुण्डको यात्रा सहज हुँदै

१९ असोज ७७, मंगलबार

२० असाेज, रसुवा ।

उच्च भूभागमा पदमार्ग सुधार भएपछि पवित्र तीर्थ गोसाइँकुण्डको धार्मिक यात्रा सहज भएको छ । सदरमुकाम धुञ्चे नजिक त्रिशूली नदीको किनार र गणेशगौँडादेखि गोसाइँकुण्डसम्मको असहज स्थानका पदमार्ग सुधार र होटेल, लज सञ्चालन भएसंँगै अब गोसाइँकुण्डको यात्रा सुरक्षित भएको हो ।

धार्मिक क्षेत्रका उक्त स्थानमा नियमित होटल तथा लज सञ्चालन भएका कारण भोजन तथा बासको राम्रो प्रबन्ध भएको चन्दनबारीका होटल व्यवसायी पासाङर्घिमी तामाङले बताए । पदमार्ग सुधारका लागि भर्खरै गोसाइँकुण्डमा नेपाली सेना कालीजङ्ग गणबाट रेलिङ स्थापना एवं धुञ्चेको तिवारी बगर क्षेत्रमा विगतमा विश्व वन्यजन्तु कोष नामक अन्तरराष्ट्रिय गैससबाट बाटो र रेलिङ स्थापना योगदान गरेको लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

Advertisement

नेपाली सेनाको आफ्नो आन्तरिक जनशक्तिको उपयोग गरी पदमार्गमा गरेको पूर्वाधार विकासको योगदान जनहितकारी भएको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए । जिन्दगीमा एकपटक भए पनि पुग्नैपर्ने पवित्र तीर्थ समुद्री सतहदेखि चार हजार ३८० मिटर उचाइमा रहेको छ । लौरीविनायकबाट पश्चिम हेर्दा देखिने अग्ला हिमाल तथा प्राकृतिक छटाको मनमोहक दृश्य देखिन्छ ।

पहिले घुमाउरो असहज बाटो नुवाकोटको त्रिशूलीदेखि नै हिँड्नुपर्ने र ओढारको बास बस्नुपर्ने थियो । अहिले काठमाडौँबाट धुञ्चेसम्म नियमित बस सेवाको सुविधाले तीन दिनमै धार्मिक यात्रा सम्पन्न गर्न सकिने वातावरण भएको स्थानीय बासिन्दाले बताएका छन् ।

धुञ्चेबाट शुरू हुने पैदल यात्राका क्रममा तिवारी बगर, खन्ती, देउराली, ढिम्सा, चन्दनबारी, चोलाङ्पाटी, लौरीविना, गणेशगौँडा, तेर्सो ककरोभीर हुँदै गोसाइँकुण्ड पुग्न सहजता आएको छ । गङ्गादशहरा र जनैपूर्णिमा पर्वका अवसरमा विशेष मेला लाग्ने भए पनि विसं २०७२ को भूकम्पपछि बाह्रै महिना दर्शनका लागि भक्तजन गोसाइँकुण्ड पुग्ने वातावरण बनिसकेका अवस्थामा हाल कोभिड –१९ का कारण फाट्टफुट्ट मात्र आउने गरेको होटल व्यवसायी तामाङले बताए ।

गोसाइँकुण्ड जाने भक्तजनलाई लौरीका लागि वनस्पति नोक्सान नगर्न नगराउन र फोहरमैला तोकिएको सुरक्षित स्थानमा मात्र फ्याँक्न सबैमा आग्रह गरिएको लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top