विमानस्थलको विस्तार समझदारीको नेकपा महानगरले गर्याे स्वागत

२० असोज ७७, बुधबार

२० असोज, विराटनगर ।
विराटनगर विमानस्थलको विकास र विस्तार गरी अन्तर्राष्ट्रिस्तरको बनाउने गरी तीन तहका सरकारबीच भएको समझदारीको नेकपा विराटनगर महानगर कमिटीले स्वागत गरेको छ । महानगर कमिटीले आज एक विज्ञप्ति जारी गर्दै पार्टी तथा प्रदेशवासीको माग अनुसार भएको ऐतिहासिक समझदारीप्रति खुशी ब्यक्त गरेको छ ।

कमिटीले विमानस्थलको स्तरोन्नति गर्ने प्रक्रिया आरम्भ गरेकोमा नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, प्रदेश १ सरकार र विराटनगर महानगरपालिकालाई विशेष धन्यवाद दिएको छ । साथै अब समझदारीले विमानस्थलको विस्तारलाई सुनिश्चित गर्ने विश्वास लिइएको छ ।

विज्ञप्तिमा विमानस्थलको विस्तारले यस क्षेत्रका निजी क्षेत्र समेत उत्साहित भएको भन्दै विमानस्थल निमार्ण प्रक्रिया आरम्भ हुनुले जनतालाई विकासप्रति थप आशावादी बनाएको उल्लेख गरिएको छ । नेकपा विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापा र सचिव हेम कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा विमानस्थलको जग्गा अधिग्रहण गर्नुपर्ने र त्यसमा हुनसक्ने नाजायज चलखेल परियोजना रोक्ने कारण बन्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन सबैमा अपिल गरिएको छ ।

Advertisement

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top