कोरोना संक्रमणका कारण मिर्गौलासम्बन्धी समस्या भएकाहरु बढी हताहत

२० असोज ७७, बुधबार

काठमाडौँ : कोभिड–१९ का कारण आइतबारसम्म देशभरमा कुल ५३५ जनाको निधन भएको छ । सोमबार मात्रै १९ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोनाका कारण विश्वभरमा १० लाखभन्दा बढीको मृत्यु भइसकेको छ । विश्वमा जस्तै नेपालमा पनि कोरोनाका कारण मृत्यु भएकाहरु विभिन्न उमेर समूह, वर्ग, लिंग, दिर्घरोगी लगायतमा पर्छन् ।

यसरी हालसम्म विश्वभर फैलिएको महामारीका कारण नेपालमा मृत्यु भएकाहरुको उपलब्ध तथ्यांक विश्लेषण गर्दा ५३५ मध्ये ५३.६ प्रतिशतमा कम्तीमा एउटा, २३.७ प्रतिशतमा कम्तीमा दुईवटा र ८.६ प्रतिशतमा दुईभन्दा बढी कोमर्बिडिटी (मृतकमा देखिएको एक वा एकभन्दा बढी स्वास्थ्य समस्या) रहेको देखिएको छ ।

मृतकहरुमध्ये प्रमुख रुपमा २२.६१ प्रतिशतमा उच्च रक्तचाप, २०.४३ प्रतिशतमा मधुमेह, १६.०९ प्रतिशतमा मिर्गौलासम्बन्धी रोग, ७.६१ प्रतिशतमा मुटुसम्बन्धी रोग तथा ३.७० प्रतिशतमा क्रोनिक अब्स्ट्रक्टिभ प्लमनरी डिजिज (सीओपीडी) तथा २९.५७ प्रतिशतमा अन्य स्वास्थ्य समस्या रहेको देखिएको छ । अन्य स्वास्थ्य समस्यामा प्रमुख गरेर आस्थमा (दम), थाइरोइड तथा कलेजोसम्बन्धी समस्या रहेको देखिएको छ । कोरोना भाइरसको संक्रमणका साथै विभिन्न ५ प्रकारका प्रमुख कोमर्बिड अवस्था रहेकाहरुको मृत्यु हुने औसत आयु पनि भिन्न–भिन्न नै रहेको देखिन्छ ।

Advertisement

मृत्यु भएकाहरुमध्ये उच्च रक्तचापको समस्या समेत रहेको करिब २३ प्रतिशत मृतकको मिडियन (मध्यक) उमेर ६६.५ वर्ष रहेको देखिन्छ छ भने मधुमेहको समस्या समेत देखिएका करिब २० प्रतिशत मृतकको मिडियन उमेर ६४.५ वर्ष रहेको देखिएको छ । यस्तै, मिर्गौलासम्बन्धी समस्या तथा डायलसिस गराइरहेका करिब १६ प्रतिशत मृतकको मिडियन उमेर केवल ६२ वर्ष रहेको देखिएको छ भने मुटुसम्बन्धी रोग भएका करिब ८ प्रतिशत मृतकको मिडियन आयु ६८ वर्ष रहेको छ । सीओपीडीको समस्या रहेका ४ प्रतिशत मृतकको मिडियन उमेर भने सबैभन्दा बढी ७४ वर्ष रहेको देखिएको छ । अन्य विविध स्वास्थ्य समस्यासमेत देखिएका ३० प्रतिशतको मिडियन उमेर भने ६२.५ वर्ष देखिएको छ । अन्य समस्या भएकाहरुमा पनि आस्थमा भएका मृतकहरुको मिडियन उमेर ७१.५ वर्ष रहेको छ भने थाइरोइड हुने मृतकको मिडियन उमेर ५८.५ रहेको छ । यस्तै कलेजोको समस्या समेत देखिएका संक्रमित मृतकको मिडियन उमेर ६७ वर्ष रहेको देखिन्छ ।

यसरी हेर्दा हालसम्म मृत्यु भएकामध्ये उच्च रक्तचाप, मधुमेह तथा मिर्गौला रोगले पीडित भएकाहरुको मृत्यु दर बढी छ र मिडियन उमेर पनि कम छ भने श्वासप्रश्वास सम्बन्धी नै समस्या भएकाहरुमा मृत्यु दर कम हुनुका साथै उमेर पनि बढी रहेको देखिन्छ ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top