मानव आक्रमण गर्ने बाघलाई निगरानी गरिँदै

२० असोज ७७, बुधबार

२१ आश्विन, चितवन ।
चितवनमा यही असोज १० र १२ गते बाघको आक्रमणबाट दुई जनाको ज्यान गयो ।

दुई दिनको बीचमा दुई जनाको ज्यान गएपछि यसबारे अनुसान्धान थालिएको छ । वन र वन्यजन्तुको क्षेत्रमा काम गर्दै आइरहेको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले कुमरोजमा मानिसलाई आक्रमण गर्ने बाघलाई क्यामेरामार्फत निगरानी बढाइएको छ ।

कार्यालयका प्रमुख डा बाबुराम लामिछानेले फेरि पनि अप्रिय घटना घट्नसक्ने भएकाले कुमरोज सामुदायिक वनमा आक्रमण गर्ने बाघलाई निगरानी बढाइएको जानकारी दिए ।

Advertisement

“बाघ अहिले पनि सोही स्थानमा हिँडडुल गर्ने गरेको क्यामेरामा दृश्य कैद भइरहेको तर अहिले तत्काल समातेर राख्नुपर्ने अवस्था छैन”, उनले भने, “बाघ बस्तीमा प्रवेश गरे त्यसलाई अति संवेदनशील मानिन्छ । त्यही भएर क्यामेरा राखेर त्यसको गतिविधि अध्ययन गर्ने काम पनि भइरहेको छ । बस्ती प्रवेश गर्ने सङ्केत देखाए स्थानीयवासीलाई सतर्क रहन आग्रह गर्छौँ ।”

बाघको बानी ब्यहोरा र स्वास्थ्य अवस्थाबारे जानकारी लिन घटना भएकै दिनबाट क्यामेरा राखेर निगरानी गरिएको कार्यालयका प्रमुख लामिछानेले जानकारी दिए । बाघको दैनिक कैद भएको दृश्यको आधारमा अध्ययन तथा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

Advertisement

डा लामिछानेका अनुसार बाघ अशक्त बूढो, शिकार गर्न नसक्ने, अन्य बाघसँग बस्न नसकेको खण्डमा वनको छेउ भागमा आउने गर्दछ । यो अवस्थामा मानिसलाई आक्रमण गर्ने सम्भावना बढी हुन्छ । प्रमुख लामिछानेका अनुसार कुमरोजमा आक्रमण गर्ने बाघ पूर्णरूपमा स्वास्थ रहेको पत्ता लागेको छ । कुनै पनि चोट, घाउ र अशक्तता देखिएको छैन ।

सो बाघ करिब आठ वर्ष उमेरको भाले पाटेबाघ हो । सन् २०१८ को बाघ गणनाको क्रममा सो बाघ पाँच वर्षको थियो । कुमरोज मध्यवर्ती सामुदायिक वनभित्र हात्ती चराउन जाँदा बाघले रत्ननगर–६ का ५५ वर्षीय बबना चौधरीलाई आक्रमण गरेको थियो ।

घटनामा बाघले जरायो भर्खर मारेर खाना थालेका समय मृतक सोही स्थानमा घाँस काट्दै पुगेपछि आक्रमण गरेको देखिएको छ । त्यस्तै भरतपुर महानगरपालिका–१३ स्थित वेलसर मध्यवर्ती सामुदायिक वनमा बाघले स्थानीय ६५ वर्षीय जगदीश चौधरीलाई मारेको थियो ।

यो बाघलाई अहिले निकुञ्जले नियन्त्रणमा राखेको छ । बाघलाई अहिले खोरमा राखेर उपचार गरिँदैछ । दुई घटना घटाउने बाघ भने फरक–फरक हुन् । “बाघ लजालु स्वाभावको हुन्छ”, उनले भने, “मानिससँग टाढै बस्छ । तर शिकार गरेको आहार खाने समयमा वा सोही स्थानमा नजिकै भएमा आक्रमण गर्छ ।”

बाघहरु अस्वस्थ भएर मानिसलाई आक्रमण गरेको भन्ने निष्कर्ष निक्लिए त्यो बाघलाई उपचारपछि छाडिन्छ । चितवन राष्ट्रिय निकुञ्जको बाघमध्ये चार प्रतिशतले मानव बस्ती नजिक रहने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । चितवनमा हाल ९३ वटा बाघ रहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ मानिएको पाटेबाघ, एकसिङ्गे गैँडा पाइन्छ । यही जनवारबाट बर्सेनि निकुञ्जसँग बस्ती जोडिएका मानिसले ज्यान गुमाउनुपरेको छ । निकुञ्जले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न विभिन्न कार्यक्रम गर्दै आए पनि कमी भने आउन सकेको छैन ।(रासस)

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top