दाङको तुलसीपुरमा बलात्कारीलाई मृत्युदण्डको माग गर्दै प्रदर्शन

२० असोज ७७, बुधबार

२१ असोज, दाङ । दाङको तुलसीपुरमा बलात्कारीलाई मृत्युदण्डको माग गर्दै प्रदर्शन भएको छ ।

Advertisement

युथ अफ तुलसीपुरले बलात्कारीलाई मृत्युदण्डको माग गर्दै बुधबार बिहान तुलसीपुरमा प्रदर्शन गरेको हो ।

बलात्कारीलाई कडाभन्दा कडा कानुन नहुँदासम्म यस्ता बलात्कारका घटना दोहोरी रहने भन्दै उनीहरूले बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्न माग पनि गरेका छन्।

Advertisement

मुख्य बजारको परिक्रमापछि तुलसीपुर उपमहानगरपालिका अगाडि आएर ¥याली कोणसभामा परिणत भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै युथ तुलसीपुरका एडमिन लरुण लहरेले बालिका बलात्कार र हत्यामा संलग्नलाई मृत्यु दण्डको व्यवस्था गर्न माग गरे।

Advertisement

कार्यक्रमपछि प्रदर्शनकारीले बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्न माग गर्दै तुलसीपुर उपमहानगरपालिकामा गएर ज्ञापनपत्र बुझाएका थिए।

बलात्कारका घटनामा सरकार कडा रूपमा प्रस्तुत हुन नसकेको भन्दै व्यंग्य स्वरूप प्रदर्शनकारीले ‘ नेपालमा बलात्कार पनि हुन्छ र ? नाइँ मलाई थाहा छैन’ भन्ने लेखेका प्लेकार्ड पनि बोकेका थिए। उनीहरूले ‘हिजो निर्मला, आज सम्झना, भोलि हजुरको कोही?’ लेखिएको व्यानर बोकेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top