कोरोनाले रोकिएका शैक्षिक संस्थालगायतका परीक्षा सञ्चालन गर्न सरकारको अनुमति

२१ असोज, काठमाडौं । सरकारले सवै शैक्षिक संस्थासहित विभिन्न आयोग, प्रतिष्ठानलाई परीक्षा सञ्चालन गर्न सक्ने गरी अनुमति दिएको छ ।

Advertisement

कोरोनाभाइरस महामारीका कारण गत चैतदेखि स्थगित भएका विश्वविद्यालय, विद्यालयलगायत सवै शैक्षिक संस्थाहरुको परीक्षा अब सरकारले दिएको सैद्धान्तिक सहमतिसंगै सञ्चालन गर्ने बाटो खुला भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा गत असोज १९ मा बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी परीक्षा सञ्चालन गर्न सक्ने स्वीकृति दिएको हो।

Advertisement

सरकारका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार परीक्षा सञ्चालन गर्दा केन्द्र, प्रदेश र स्थानीय तहले अपनाउने भनेका स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य लागू गर्नुपर्नेछ।

यस्तै, सरकारले तालिम सञ्चालन गर्न सक्ने पनि अनुमति दिएको छ।

Advertisement

व्यवसायिक तालिम सञ्चालन गर्ने संस्थाहरूले अब २५ जनाभन्दा कम मानिस सहभागी गराएर छोटो समयका लागि तालिम लिन सक्ने सरकारले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top