नगर बाल सञ्जाल दमकले प्रदेश बालिका सम्मेलन गर्ने

२० असोज ७७, बुधबार

२१ असोज, दमक ।
नगर बाल सञ्जाल दमकले अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा भर्चुुअल प्रदेश बालिका सम्मेलन गर्ने भएको छ ।

दमक नगरपालिकाको समन्वय तथा इटहरी, कन्काई र कमल पालिकास्तरीय बाल सञ्जालसँगको सहकार्यमा यही असोज २४ र २५ गते भर्चुअल माध्यामबाट बालिका सम्मेलन आयोजना गर्न लागिएको कार्यक्रम संयोजक प्रेनुशा पाण्डेले जानकारी दिइन् ।

कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाम्फे प्रमुख अतिथि रहने छिन् । साथै अनुराधा कोइराला, श्रृखला खतिवडा, नेपाल प्रहरीकी एस.एस.पी दुर्गा सिंह, मनोविमर्शकर्ता स्वस्तिका पोखरेल, बालिका तथा महिला अधिकारकर्मी अस्मिता सापकोटा, प्रशिक्षक मञ्जरी घिमिरेलाई वक्ताका रुपमा आमन्त्रण गरिएको छ ।

कार्यक्रममा बालिकाको अवस्था, बालिका विरुद्धका हिंसा, लकडाउनमा बालिका, बालिका दुव्र्यवहार र त्यसबाट बच्ने उपाय साथै बालिका सम्बन्धी कानुनी व्यवस्था र राज्यका नितिका बारेमा छलफल गरि ती विषयहरुमा बालिकालाई सचेत र सक्षम बनाउने उद्देश्य लिईएको आयोजकले जनाएको छ।

सम्मेलनमा प्रदेश नंम्बर १ का १० देखि १८ वर्ष सम्मका बालिकाहरुले फारम भरेर सहभागी हुन सक्ने जनाइएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top