×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

Chat gpt ले निकालेका साम माइक्रोसफ्टमा

४ मंसिर २०८०

४ मंसिर,एजेन्सी ।
आर्टिफिसियल इन्टेलिजेन्सका क्षेत्रमा काम गरिरहेको ओपनएआईका पूर्वसीईओ साम अल्टम्यान र सहसंस्थापक ग्रेग ब्रोकम्यानलाई माइक्रोसफ्टले हायर गर्ने भएको छ । गत शुक्रबार अल्टम्यानलाई बोर्डले ओपनएआईबाट बर्खास्त गरेको थियो ।

ओपनएआईको नेतृत्व जारी राख्ने उनको क्षमतामा विश्वास नभएको भन्दै बोर्डले उनलाई हटाएको थियो । हटाइएपछि पनि अल्टम्यान ओपनएआईमा फर्किन सक्ने हल्ला चलेको थियो । तर यसबीच सोमबार माइक्रोसफ्टका सीईओ सत्य नडेलाले साम अल्टम्यान र ग्रेग ब्रोकम्यान माइक्रोसफ्टको एडभान्स एआई अनुसन्धान टोलीको नेतृत्वमा सामेल हुने घोषणा गरेका हुन् ।

माइक्रोसफ्टका सीईओ नडेलाले दुवैजना चाँडै टिममा सहभागी हुने बताएका छन् । सामाजिक सञ्जाल एक्समा अल्टम्यानले नडेलाको पोस्ट रिपोस्ट गर्दै आफू माइक्रोसफ्टमा सामेल भइरहेको पुष्टि गरे । उनले योजना निरन्तर जारी रहेको भनेर टिप्पणी गरेका छन् ।

ओपनएआई बोर्डसँगको वार्ताले अल्टम्यानलाई सीईओको रूपमा फिर्ता ल्याउन असफल भएको केही घण्टापछि माइक्रोसफ्टले उनलाई हायर गर्ने घोषणा गरेको हो । अहिले ट्विचका पूर्वसीईओ एवं सहसंस्थापक एम्मेट सियर ओपनएआईको अन्तरिम सीईओ बनेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top