कोरोना संक्रमित : अस्पताललाई धान्नै गाह्रो

१३ बशाख, नेपालगन्ज । कोरोना संक्रमित अत्यधिक बढेपछि नेपालगन्जका अस्पताललाई बिरामीको चाप थेग्न गाह्रो भएको छ ।

संक्रमितको संख्या अत्यधिक बढे पनि अस्पतालमा कोभिड बेड थपिएका छैनन्। जसले गर्दा अवस्था झन् भयावह बनेको छ।

अस्पतालका स्वास्थ्यकर्मीले कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि बेड संख्या, जनशक्ति र स्रोतसाधन थपिदिन पटक–पटक अनुरोध गर्दा पनि सरकारले सुनुवाइ गरेको छैन।

भेरी अस्पतालमा रहेको १ सय ४२ बेड क्षमताको कोभिड वार्ड पूरै भरिएपछि बिरामीलाई अन्य वार्डमा पनि भर्ना गरिएको छ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ६५ बेड क्षमताको कोभिड वार्ड पूरै भरिएको छ। भेरी अस्पतालसँग १ सय ४२ बेड क्षमताको कोभिड वार्डमध्ये ९५ बेड जनरल (कोभिड), ४० आईसियु र ७ वटा भेन्टिलेटर छन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापा कोरोना संक्रमणले अवस्था झन् भयावह बनेको बताउँछन्। ‘बिरामीको बिजोग छ, अस्पतालसँग भएको बेड पूरै भरिसकेको छ,’ उनले भने ‘कोभिड वार्ड भरिएपछि अन्य वार्डमा भए पनि बिरामीलाई भर्ना गर्नुपरेको छ।’

अस्पतालमा अहिलेसम्म ९८ जना पुरुष र ८३ महिला गरी १ सय ८१ जना संक्रमित भर्ना भइसकेका छन्। यीमध्ये ५७ जना सिकिस्त छन्। भर्ना भएका संक्रमितको उपचार गर्न अहिलेको जनशक्ति निकै कम भएको भेरी अस्पतालले जनाएको छ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top