१० भदाै, काठमाडौं ।
निर्वाचन आयोगले लोकतान्त्रिक समाजवादी पार्टीलाई राजनीतिक दलको मान्यता प्रदान गरेको छ । बुधबार आयोगको बैठकले महन्थ ठाकुर नेतृत्वकाे लोकतान्त्रिक समाजवादी पार्टीलाई दलको मान्यता प्रदान गर्दै प्रमाणपत्र दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
आयोगका सचिव सुरेश अधिकारीले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता केशव झालाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेका हुन् ।
जनता समाजवादी पार्टी विभाजन गरी महन्थ ठाकुरको अध्यक्षतामा लोकतान्त्रिक समाजवादी पार्टी गठन गरिएको हो।राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा दलका केन्द्रीय सदस्य र सांसदलाई आवश्यक कागजातसहित हिजो बिहान ११:३० देखि दिउँसो २ बजेसम्म सनाखतका लागि बोलाएको थियो ।
नयाँ पार्टी गठन गर्न जनता समाजवादी पार्टीका महन्थ ठाकुरसहित १६ जना कार्यकारिणी सदस्य र १४ जना संघीय सांसदले सनाखत गराएका थिए।