विराटनगर, वैशाख १४
नेपाल ट्रेड युनियन महासंघ जिल्ला संगठन समिति मोरङले १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम गरेको छ ।
महासंघको विराटनगरस्थित कार्यालय परिसरमा शनिबार बिहान आयोजना गरिएको कार्यक्रममा ७३ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा महासंघ आबद्ध विभिन्न ट्रेड युनियनका पदाधिकारी, मजदुर र सर्वसाधारणले रक्तदान गरेका थिए ।
श्रमिक दिवसको अवसरमा १५ र १६ गते श्रम ऐन र सामाजिक सुरक्षा ऐनको विषयमा श्रमिकहरुलाई जानकारी गराउने तथा १८ गते भब्य ¥यालीसहित एकीकृत कार्यक्रम गरिने आयोजक संस्थाका उपाध्यक्ष धर्मलाल माझीले जानकारी दिए ।