श्रमिक दिवसको अवसरमा विराटनगरमा रक्तदान

१४ बैशाख ७६, शनिबार
Share this
754shares

विराटनगर, वैशाख १४
नेपाल ट्रेड युनियन महासंघ जिल्ला संगठन समिति मोरङले १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम गरेको छ ।

Advertisement

महासंघको विराटनगरस्थित कार्यालय परिसरमा शनिबार बिहान आयोजना गरिएको कार्यक्रममा ७३ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा महासंघ आबद्ध विभिन्न ट्रेड युनियनका पदाधिकारी, मजदुर र सर्वसाधारणले रक्तदान गरेका थिए ।

श्रमिक दिवसको अवसरमा १५ र १६ गते श्रम ऐन र सामाजिक सुरक्षा ऐनको विषयमा श्रमिकहरुलाई जानकारी गराउने तथा १८ गते भब्य ¥यालीसहित एकीकृत कार्यक्रम गरिने आयोजक संस्थाका उपाध्यक्ष धर्मलाल माझीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top