चिरिबाबुविरुद्ध उजुरी परेको ४ वर्षपछि अख्तियारले काट्यो पत्र

२० असार,काठमाण्डौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई पत्र काटेको छ । बाढीपहिरो पीडितका नाममा महानगरलाई हानि हुने गरी रकम बाँडेको उजुरी परेपछि सोधपुछका लागि बोलाइएको अख्तियारले जनाएको छ । मेयर महर्जनविरुद्ध उनको अघिल्लो कार्यकालमै बाढीपहिरो पीडितका नाममा नियम विपरीत रकम बाँडेको भन्दै अख्तियारमा उजुरी परेको थियो । उजुरीमा २०७७ सालमा धापाखेलमा… Continue reading चिरिबाबुविरुद्ध उजुरी परेको ४ वर्षपछि अख्तियारले काट्यो पत्र

कोभिड–१९ को उपचार सामग्री खरिदमा झन्डै तिन करोड भ्रष्टाचार

१८ चैत , काठमाण्डौ । कोभिड–१९ को उपचारका लागि मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा व्यापारी विशाल पण्डितसहित छ जना व्यक्ति र एक कम्पनीविरुद्ध भ्रष्टचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा संलग्न सरकारी कर्मचारी र मेडिकल व्यवसायीविरुद्ध विशेष अदालत काठमाण्डौमा आज मुद्दा दायर गरेको गरेको हो । दुई करोड ८९ लाख… Continue reading कोभिड–१९ को उपचार सामग्री खरिदमा झन्डै तिन करोड भ्रष्टाचार

मेलम्चीमा पनि भ्रष्टाचार,कसले कति खाए ?को–को हुन् आरोपी ?

६ फागुन ,काठमाण्डौ ।  काठमाडौं उपत्याकावासीको वर्षाैदेखिको खानीपानीको सपना बनेको मेलम्ची खानेपानी आयोजनामा समेत ब्यापक भ्रष्टचार भएको खुलेको छ । मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको आरोपमा पूर्वसचिव भीम उपाध्यायसहित १८ जनाविरूद्ध मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा तीन पूर्व सचिवसहित १८ जनालाई मुद्धा दायर गरेको छ ।… Continue reading मेलम्चीमा पनि भ्रष्टाचार,कसले कति खाए ?को–को हुन् आरोपी ?

सर्लाहीका तत्कालीन गाविस सचिव ध्रुवनारायण झाविरूद्ध अख्तियारद्धारा भ्रष्टाचारको मुद्दा दायर

२८ असार, काठमाण्डौ । सर्लाहीको साविक सलेमपुर गाविसका तत्कालीन सचिव ध्रुवनारायण झाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गाविसका तत्कालीन सचिव झाविरूद्ध ७ लाख ५१ हजार रुपैयाँ बिगो कायम गरी सार्वजनिक सम्पत्ति हानी(नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको हो।अख्तियारले उनीविरूद्ध मंगलबार काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको हो।सचिव झाले गाविसमा विभिन्‍न… Continue reading सर्लाहीका तत्कालीन गाविस सचिव ध्रुवनारायण झाविरूद्ध अख्तियारद्धारा भ्रष्टाचारको मुद्दा दायर

अख्तियार द्धारा विराटनगर महानगरपालिकाकी निवर्तमान उपमेयरसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२४ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिकाकी निवर्तमान उपमेयर इन्दिरा कार्कीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।अख्तियारले उनीसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, इन्जिनियर, वडाअध्यक्ष र उपभोक्ता समितिका अध्यक्षसमेत ९ जना उपर विशेष अदालतमा गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा दायर गरेको हो ।… Continue reading अख्तियार द्धारा विराटनगर महानगरपालिकाकी निवर्तमान उपमेयरसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.