नाग पञ्चमीका दिन कर्णाली प्रदेशमा सार्वजनिक विदा

१५ साउन ,काठमाण्डौ । कर्णाली प्रदेश सरकारले मंगलबार सार्वजनिक विदा दिएको छ । नाग पञ्चमीको अवसर पारेर सार्वजनिक विदा दिइएको हो ।सो दिन प्रदेशस्थित कुनै पनि सरकारी तथा सार्वजनिक संघ संस्थाहरुको खुल्ने छैनन् ।नाग पञ्चमीको अवसरमा विदा दिने निर्णय भने ०७८ चैत्र २० गते बसेको मन्त्रिपरिषदको बैठकले गरेको हो ।

साउने संक्रान्तिका दिन सार्वजनिक विदा दिने कर्णाली प्रदेश सरकारको निर्णय

२८ असार, काठमाण्डौ । कर्णाली प्रदेशमा साउने संक्रान्तिका दिन सार्वजनिक विदा हुने भएको छ।प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मंगलबार एक सूचना जारी गर्दै साउने संक्रान्ति तथा देउडा पर्वको उपलक्ष्यमा प्रदेशभरि सार्वजनिक विदा दिइएको जनाएको छ।यसअघि चैत २९ गते बसेको कर्णालीको मन्त्रिपरिषद् बैठकले साउन १ मा विदा दिने निर्णय गरेको थियो।

‘कर्णाली सिंहदरबार’ बनाउने कर्णाली प्रदेश सरकारको तयारी

२ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले आठवटै मन्त्रालय एउटै कम्पाउन्डभित्र बनाउने भएको छ । जस्लाई कर्णाली सिंहदरबार नाम दिइएको छ । हाल वीरेन्द्रनगर–७, इत्रामस्थित प्रदेश सरकारका मन्त्रालयहरु र केही सरकारी कार्यालयहरु रहेका छन् । सोही ठाउँलाई घेरबार गरेर कर्णाली सिंहदरबार बनाईने आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले जानकारी दिए । बजेटबारे जानकारी दिन… Continue reading ‘कर्णाली सिंहदरबार’ बनाउने कर्णाली प्रदेश सरकारको तयारी