टिकटकमा अश्लीलता प्रदर्शन नहुने ग्यारेन्टी कसले दिन्छ ?

७ भदौ ,विराटनगर , काठमाण्डौ , एजेन्सी । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् बैठकले २०८० कात्तिक २७ गते सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । चिनियाँ भिडियो टिकटक सामाजिक सद्भाव बिगार्न उद्यत रहेको आक्षेपसहित त्यसबेला सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । तर, त्यसबेला टिकटक बन्द गर्ने नेपाल एक्लो देश थिएन । अरू देशहरूले… Continue reading टिकटकमा अश्लीलता प्रदर्शन नहुने ग्यारेन्टी कसले दिन्छ ?

नेपालमा प्रतिबन्ध हटेपछि उत्साहित बन्यो टिकटक

७ भदौ, विराटनगर । नेपालमा लगाइएको प्रतिबन्ध खुल्ने पक्कापक्की भएपछि सामाजिक सञ्जाल ‘टिकटक’ उत्साहित बनेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले केही शर्त राखेर टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको स्वागत गर्दै टिकटकले आफूहरू उत्साहित भएको जनाएको हो । टिकटकका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘यसका लागि हामी फलदायी संवादमा नेपाल… Continue reading नेपालमा प्रतिबन्ध हटेपछि उत्साहित बन्यो टिकटक

प्रचण्डले बन्द गरेको टिकटक ओलीले खोल्ने

४ भदौ ,काठमाण्डौ । सामाजिक सञ्जाल टिकटकले पटक पटक आग्रह गर्दा,दजर्नबढी रिट अदालतमा पुग्दा अनि सडक र सामाजिक संजालबाट सरकारमाथि चौतर्फी दबाब दिँदा समेत प्रतिबन्ध नखुलेको टिकटक फेरि नेपालमा चल्ने सम्भावना बढेको छ । सरकार नै टिकटकमाथिको प्रतिबन्ध हटाउने छलफलमा जुटेपछि यो सम्भावना बढेको हो । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार टिकटकमाथिको प्रतिबन्ध हटाउने छलफलमा सरकार… Continue reading प्रचण्डले बन्द गरेको टिकटक ओलीले खोल्ने

टिकटकले तीन महिनामा हटायो १६ करोड भिडियो र ९७ करोड कमेन्ट

२४ असार , एजेन्सी । टिकटकले सन् २०२४ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स एन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ । कम्पनीले नयाँ डाटा पोइन्ट र ट्रेन्डलाई समेट्दै ग्लोबल कम्युनिटीका निम्ति सुरक्षित वातावरण बनाउन कम्युनिटी गाइडलाइन्स एन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको जनाएको छ।रिपोर्टअनुसार कम्पनीले सन् २०२४ को पहिलो तीन महिनामा टिकटकमा अपलोड १६ करोड ६९ लाख ९७ हजार… Continue reading टिकटकले तीन महिनामा हटायो १६ करोड भिडियो र ९७ करोड कमेन्ट

साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

२९ असार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९र८० देखि विद्युतीय सेवा कर लगाउँदैछ । आर्थिक ऐन २०७९ ले गैरबासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा विद्युतीय सेवा कर असुल गर्ने नीति लिएको थियो । सो प्रावधान कार्यान्वयन गर्न आन्तरिक राजस्व विभागले विद्युतीय सेवा कर ९डिजिटल सर्भिस ट्याक्स सम्बन्धी कार्यविधि, २०७९ बनाएको… Continue reading साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने