जहाज दुर्घटनामा ज्यान गुमाएकाको शव आज आफन्तलाई बुझाइँदै

१९ जेष्ठ, काठमाडौँ । तारा एअरको जहाज दुर्घटनामा ज्यान गुमाएकाको शव आज परिवार तथा आफन्तलाई हस्तान्तरण गरिँदैछ । गएको आइतवार पोखराबाट मुस्ताङको जोमसोम उडेको तारा एअरको ट्विनअटर जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा दुर्घटना हुँदा २२ जनाले ज्यान गुमाएका थिए । सबै शवको पोस्टमार्टम गर्ने काम सकिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट आज मृतकका परिवारलाई… Continue reading जहाज दुर्घटनामा ज्यान गुमाएकाको शव आज आफन्तलाई बुझाइँदै

तारा एअर दुर्घटनाः ज्यान गुमाएका २२ जनाको शव र विमानको ब्ल्याकबक्स फेला

१७ जेष्ठ, म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ । तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको नाइन–एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर ज्यान गएको छ । विमानमा सवार सबै जनाको… Continue reading तारा एअर दुर्घटनाः ज्यान गुमाएका २२ जनाको शव र विमानको ब्ल्याकबक्स फेला

तारा एअरको हराइरहेको विमानमा रहेका यात्रुहरुहरुको सूची

१५ जेष्ठ, काठमाडौँ । पोखराबाट जोमसोम उडेको सम्पर्कविहीन तारा एअरको ९ एनएईटी ट्विनअटरको खोजी भइरहेको छ । जहाजमा १९ जना यात्रु र तीन जना चालक दलका सदस्य रहेका तारा एअरका प्रवक्ता सुदर्शन गड्तौलाले उज्यालोलाई जानकारी दिए । तीमध्ये १६ नेपाली र ६ जना विदेशी नागरिक रहेका छन् । हराइरहेको विमानको हेलिकप्टरमार्फत खोजी भइरहेको मुस्ताङका प्रमुख… Continue reading तारा एअरको हराइरहेको विमानमा रहेका यात्रुहरुहरुको सूची

विमान अझै सम्पर्कमा आएको छैनः तारा एअर

१५ जेष्ठ, कास्की । पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । बिहान ९ बजेर ५५ मिनेटमा उडेको जहाज सम्पर्कमा नआएपछि खोजबिन सुरु भएको छ । तारा एअरले सम्पर्क गर्ने प्रयास गरिरहेको जनाएको छ । जहाजमा १९ जना यात्रु रहेका तारा एअरका प्रवक्ता सुदर्शन गड्तौलाले जानकारी दिए । ’बिहान… Continue reading विमान अझै सम्पर्कमा आएको छैनः तारा एअर

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.