नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

Prime Minister KP Sharma Oli organises a consultation meeting at his official residence in Baluwatar, Kathmandu, on Tuesday, September 8, 2020. The meeting seeks a solution to the psychological effect of COVID-19 pandemic on society. Photo: Rajan Kafle/PM’s Secretariat

२२ असार , काठमाडौं । नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिएको छ । उसले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको पत्र सभामुख देवराज घिमिरेलाई बुझाएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठले आइतबार सभामुखलाई भेटेर विश्वासको मत फिर्ता लिएको पत्र बुझाएको जानकारी दिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने समय लिएको र आजै साँझ भेट्ने श्रेष्ठले जानकारी दिइन्… Continue reading नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

रेशम–रञ्जिताको झगडा परालको आगो !

८ असोज , काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीले पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठक बोलाएको छ । संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठले यही १८ र १९ असोजमा काठमाडौंमा बस्ने गरी संयुक्त रूपमा बैठक बोलाएका हुन् । बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई अनिवार्य उपस्थित हुन पत्राचार गरिएको छ । रेशम र रञ्जिता दुवैले हस्ताक्षर गरी… Continue reading रेशम–रञ्जिताको झगडा परालको आगो !

उन्मुक्ति भित्रको महाभारत अझै सकिएन, मुख्यमन्त्रीको दुई सहमति

२ वैशाख , काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टी भित्रको पार्टीका संरक्षक रेशम चौधरी र पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ पक्षबीचको विवाद झनै उग्र बनेको छ । सुदूरपश्चिम सरकारमा सहभागि हुने कि नहुने, नयाँ गठबन्धनमा समावेश हुने कि काग्रेससहितका दलहरुसँग मिलेर सरकारमा जाने भन्ने विषयमा देखिएको विवाद अहिले सुदूरको मुख्यमन्त्री बन्ने विषयमा सहमति बनिसक्दा समेत टुंगिएको छैन्… Continue reading उन्मुक्ति भित्रको महाभारत अझै सकिएन, मुख्यमन्त्रीको दुई सहमति

नागरिक उन्मुक्तिको केन्द्रीय कार्यालयमा कुटाकुट

१९ चैत , काठमाण्डौ। नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यालयमा नेताहरूबीच कुटपिट भएको छ । काठमाडौंको अनामनगरस्थित पार्टी कार्यालयमा सोमबार केन्द्रीय कमिटी बैठकअघि हात हालाहाल भएको हो । नाउपाको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि पार्टीमा रञ्जिता श्रेष्ठकै अध्यक्षतामा रहेको २१ जना केन्द्रीय सदस्यहरूको संस्थापक केन्द्रीय समिति नै आधिकारिक छ । तर रेशम पक्षका नेताहरुले… Continue reading नागरिक उन्मुक्तिको केन्द्रीय कार्यालयमा कुटाकुट

रेशम चौधरीः जेलबाट पार्टी खोले,माफी पाएर अध्यक्ष बने

२७ पुष, काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत चयन भएका छन् । रेशमपत्नी रञ्जिता श्रेष्ठ यसअघि पार्टी अध्यक्ष थिइन् । उनी अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छिन् । कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको हो । अध्यक्षमा चौधरीको मात्रै उम्मेदवारी परेको थियो । यसअघि भने… Continue reading रेशम चौधरीः जेलबाट पार्टी खोले,माफी पाएर अध्यक्ष बने

नागरिक उन्मुक्तिको अध्यक्षमा रेशमले दिए उम्मेदवारी

२७ पुष, काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीले उम्मेदवारी दिएका छन् ।टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । अहिलेसम्म अध्यक्षमा रेशम चौधरीले मात्र उम्मेदवारी दिएका छन् । वर्तमान अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी उनकी पत्नी हुन्। टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका बेला रेमशले रञ्जिताको नेतृत्वमा दल… Continue reading नागरिक उन्मुक्तिको अध्यक्षमा रेशमले दिए उम्मेदवारी

१३ वर्षअघिको कसुरमा नागरिक उन्मुक्तिका सांसद पुगे जेल

२० माघ , काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई कारागार चलान गरिएको छ। बिहिबार बाँकेबाट पक्राउ गरि काठमाडौं हुदै धनगढी पु¥याएको प्रहरीले शुक्रबार बिहान उनलाई कैलाली जिल्ला अदालतमा बुझाएको थियो। अदालतले चौधरीलाई कैद पुर्जी दिएर जिल्ला कारागार पठाएको हो। २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ… Continue reading १३ वर्षअघिको कसुरमा नागरिक उन्मुक्तिका सांसद पुगे जेल

अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश/उपाध्यक्षसहित मन्त्री बनाउँने सम्भावना

१४ माघ, काठमाण्डौ । अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । शनिबार भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रबेश गराएकी हुन् । केही चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकी एलिजा पत्रकार ऋषि धमलाकी पत्नी हुन् । गौतमलाई पार्टी प्रवेश गराएर महत्त्वपूर्ण जिम्मेवारी दिन लागिएको आंकलनसमेत गरिएको छ । उन्मुक्ति… Continue reading अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश/उपाध्यक्षसहित मन्त्री बनाउँने सम्भावना

पति रेशम चौधरीलाई छुटाउन रञ्जिताले साथी खोजिन

२४ पौष ,काठमाण्डौ । गएको मंसिर ४को निर्वाचनबाट उत्साहजनक मतपरिणाम पछि राष्ट्रिय दल बनेका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दीको सहमति भएको छ। आइतबार दुई पार्टीका प्रमुखहरु क्रमशः सीके राउत र रञ्जिता श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। सहमति पत्रको प्रस्तावना ‘विभिन्न मुद्दाहरुमा सहकार्य गर्ने राष्ट्रिय राजनीतिमा समन्वयकारी तथा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नका लागि… Continue reading पति रेशम चौधरीलाई छुटाउन रञ्जिताले साथी खोजिन

रेशम चौधरीलाई रिहाइ नगरे सुदूरपश्चिम प्रदेशसभा अवरोध गर्ने नागरिक उन्मुक्ति पार्टीको चेतावनी

१८ पौष, काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइ नभएमा सुदूरपश्चिम प्रदेशसभा अवरोध गर्ने चेतावनी दिएको छ । सोमबार सुरु भएको सुदूरपश्चिम प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा बोल्दै पार्टीका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले थारुहरुको ठूलो पर्व माघीसम्म चौधरीको रिहाइ मुख्य शर्त भएको बताए । उनले चौधरीको रिहाइ नभएको अवस्थामा भने प्रदेशसभाको बैठकमा अवरोध… Continue reading रेशम चौधरीलाई रिहाइ नगरे सुदूरपश्चिम प्रदेशसभा अवरोध गर्ने नागरिक उन्मुक्ति पार्टीको चेतावनी

नागरिक उन्मुक्ति पार्टी को पहिलो महाधिवेशन वैशाखमा हुने

१९ मंसिर,काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन २०८० साल वैशाख ४ देखि ६ गतेसम्म कैलालीको टीकापुरमा गरिने भएको छ । पार्टीका नेता लक्ष्मण थारूका अनुसार सोमबार रेशम चौधरीसँग डिल्लीबजार कारागारमा भेटघाट गरी महाधिवेशनको मिति तय गरिएको हो । उनले पार्टी संगठन रहेको सबै जिल्लाका पदाधिकारीहरूलाई आ(आफ्नो जिल्ला, क्षेत्र, पालिका, वडाहरुको गठन, पुनर्गठनमा लाग्न… Continue reading नागरिक उन्मुक्ति पार्टी को पहिलो महाधिवेशन वैशाखमा हुने