रहेन्न अब कांग्रेसका पूर्वसांसद कर्मा घले

२४ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद कर्मा घलेको निधन भएको छ । मंगलबार शिक्षण अस्पताल काठमाडौंमा उपचारकै क्रममा ५९ वर्षको उमेरमा उनको निधन भएको हो ।पारिवारिक स्रोतका अनुसार उनी लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित थिए ।उनी ०७४ को निर्वाचनमा समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेका थिए । मनाङका स्थायी निवासी घले व्यवसायीसमेत हुन् ।

उज्यालो छोडेर अस्ताए प्रदीप गिरी

५ भदौ ,विराटनगर । समाजवादी चिन्तक, प्रखरवक्ता, बौद्धिक नेता, गान्धीवादी जस्ता थुप्रै उपमा र छवि बनाएका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरी अब भौतिकरुपमा हामीमाझ रहेनन् । घाँटीको क्यान्सरबाट पीडित गिरीको मेडिसिटी अस्पतालमा उपचारको क्रममा शनिबार राती ९.३० बजे निधन भएको छ । ७५ वर्षीय गिरि झण्डै पाँच वर्षदेखि घाँटीको क्यान्सरले पीडित थिए… Continue reading उज्यालो छोडेर अस्ताए प्रदीप गिरी

रहेनन् अब गोली लागेका जापानका पूर्वप्रधानमन्त्री आबे

@Ž©–¯“}Œ»E‚̉ž‰‡‰‰à‚É–K‚êAŽxŽ‚ð‘i‚¦‚éˆÀ”{Œ³Žñ‘Ё‚Q‚S“úŒßŒãA–k‹ãBŽs

२४ असार,एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ।शुक्रबार बिहान आक्रमणमा परेका आबेको दिउँसो उपचारका क्रममा निधन भएको जापानी प्रसारण संस्था एनएचकेलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।६७ वर्षीय आबेमाथि शुक्रबार बिहान पश्चिम जापानको नारा सहरमा चुनावी अभियानका क्रममा गोली प्रहार भएको थियो।

रहिनन् पूर्वमन्त्री मिथिला चौधरी

२८ जेठ, सप्तरी । पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिइन् । मिथिला संविधानसभा सदस्यसमेत थिइन् । नेकपा संयुक्त को सांसद रहेको बेला उनले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकि थिइन् । उनका श्रीमान्, एक छोरा र… Continue reading रहिनन् पूर्वमन्त्री मिथिला चौधरी

पाकिस्तानका चर्चित टीभी स्टार तथा सांसद लियाकतको निधन

२६ जेष्ठ, एजेन्सी । पाकिस्तानका चर्चित टीभी प्रस्तोता तथा पीटीआई नेशनल असेम्बलीका सदस्य डा आमिर लियाकत हुसैनको निधन भएको छ । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार स्वास्थ्यमा समस्या भएपछि हुसैनलाई अस्पताल लगिएको थियो तर अस्पताल पुर्याएपछि डाक्टरहरूले उनको मृत्यु भइसकेको बताएका थिए । हुसैनको निधनको यकिन कारणबारे थाहा नभएको प्रहरीले जनाएको छ । उनको निधनका कारण नेशनल असेम्बलीको… Continue reading पाकिस्तानका चर्चित टीभी स्टार तथा सांसद लियाकतको निधन