आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा

११ मंसिर , काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट प्रचलनमा ल्याएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गरि १०० रूपैयाँ दरको नयाँ नोट प्रयोगमा ल्याउने जानकारी गराएको हो । नोटको मध्यभागमा नेपालको चुच्चे नक्सा हुनेछ । नोटका बाँकी फिचर पूर्ववत् कै रहनेछन् । तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदको… Continue reading आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा

आजको विदेशी मुद्राको विनिमय दर

६ कार्तिक , काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि नयाँ विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आजको दर अनुसार अमेरिकी डलर स्थिर रहँदा युरो, पाउण्ड स्टर्लिङलगायतका प्रमुख मुद्राहरूको मूल्य घटेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा कायम गरिएको छ। युरोपियन युरो… Continue reading आजको विदेशी मुद्राको विनिमय दर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

२७ असार , काठमाडौ । नेपाल राष्ट्र बैंकले सजगतापूर्वक लचिलो कार्यदिशासहित आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याएको छ । समग्र माग अभिवृद्धि गर्न र निक्षेपको ब्याजदर ऋणात्मक हुन नदिन सजगता अपनाउने गरी मौद्रिक नीतिको कार्यदिशा तय गरिएको गभर्नर डा. विश्वनाथ पौडेलले बताए । गभर्नर पौडेलले सार्वजनिक गरेको पहिलो मौद्रिक नीतिमा नेपाल सरकारको आर्थिक वृद्धिको लक्ष्य… Continue reading घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

राष्ट्र बैंकको नयाँ गभर्नर को ? दलको कि देशको ?

११ चैत, काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल आगामी चैत २४ मा सकिँदैछ । यससँगै नयाँ अर्थात १९ औं गभर्नर बन्ने आकांक्षीहरुले शक्ति केन्द्रहरुमा दौडधुप सुरु गरिसकेका छन् । मौद्रिक नीति तर्जुमा गर्ने, नोटमा हस्ताक्षरसहित अन्तर्राष्ट्रिय एक्पोजरका कारण पनि गभर्नर पद सबैको रोजाइमा पर्ने गरेको छ । पछिल्लो समय त… Continue reading राष्ट्र बैंकको नयाँ गभर्नर को ? दलको कि देशको ?

मोदीलाई कुच्चिएको सिक्का उपहार दिदा गभर्नरलाई आपत

९ मंसिर ,एजेन्सी । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सिक्का उपहार पठाएपछि विवाद भएको छ । गत असोज ८ गते गर्भनर अधिकारीसँग नेपालमा भ्रमणमा रहेका भारतीय रिजर्भ बैंकका गभर्नर शक्तिकान्त दासबीच भेट भएको थियो । राष्ट्र बैंकको वालुवाटारस्थित गभर्नरको कार्यालयको बैठक कक्षमा भएको भारतका गभर्नर दासले नेपालका अधिकारीलाई महात्मा गान्धी… Continue reading मोदीलाई कुच्चिएको सिक्का उपहार दिदा गभर्नरलाई आपत

राष्ट्र बैंकले तिहारलक्षित सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने

१५ कात्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकले यही कात्तिक १९ गतेदेखि तिहारलक्षित सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले आज बुधवार सूचना निकालेर १९ गतेदेखि २४ गतेसम्म टक्सार महाशाखाबाट सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने जनाएको हो । सुनका असर्फी बढीमा एक व्यक्तिले एक सेट मात्रै किन्न पाउनेछन् ।… Continue reading राष्ट्र बैंकले तिहारलक्षित सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने

रेमिट्यान्स बढ्दो क्रममा रहेको राष्ट्र बैंकको तथ्यांक

२८ जेष्ठ ,काठमाण्डौ ।नेपाल राष्ट्र बैंकले रेमिट्यान्स बढ्दो क्रममा रहेको तथ्यांक सार्वजनिक गरेको छ। गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा चालू आर्थिक बर्षको दश महिनामा रेमिट्यान्स शुन्य दशमलब २ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। २०७९ वैशाख महिनामा मात्रै ८७ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंककाअनुसार चालू आर्थिक बर्षको दश… Continue reading रेमिट्यान्स बढ्दो क्रममा रहेको राष्ट्र बैंकको तथ्यांक

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.