बिहारमा नेपाली तीर्थयात्री चढेको बस दुर्घटना

९ भदौ ,विराटनगर ।  शुक्रबार नेपालमा भारतीय तीर्थयात्री सवार बस दुर्घटनामा परेको दुई दिन पनि बित्न नपाउँदै आज भारतमा नेपाली तीर्थयात्री चढेको बस दुर्घटनामा परेको छ । बिहार राज्यको समस्तीपुरमा नेपाली तीर्थयात्री चढेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । बारा जिल्लाबाट बोलबम तीर्थयात्री बोकेर देवघरतर्फ जाँदै गरेको ना ७ ख ६४४६ नम्बरको… Continue reading बिहारमा नेपाली तीर्थयात्री चढेको बस दुर्घटना

विमानमा भारत पठाइयो २५ जनाको शव, बस चालक र सहचालकको शव भने स्थलमार्गबाटै लगियो

८ भदौ, विराटनगर । शुक्रबार तनहुँमा भएको बस दुर्घटनामा ज्यान गुमाएका २७ यात्रुको शव भारत पठाइएको छ । भारतको पश्चिम बंगाल पानागढबाट भरतपुर आएकाे भारतीय सेनाकाे विमान शनिबार २५ शव लिएर उडेको छ । अरू दुई जनाको शव भने सडकमार्गबाट गोरखपुर पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अनुसार बसका चालक र… Continue reading विमानमा भारत पठाइयो २५ जनाको शव, बस चालक र सहचालकको शव भने स्थलमार्गबाटै लगियो

तनहुँ बस दुर्घटना : मृतकको संख्या २० पुग्यो (अपडेट)

७ भदौ, विराटनगर । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ । शुक्रबार बिहान साढे ११ बजे आबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको थियो । युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय पर्यटक बोकेको बस पोखराबाट काठमाडौं आउँदै गरेको खुलेको थियो । गण्डकी प्रदेश… Continue reading तनहुँ बस दुर्घटना : मृतकको संख्या २० पुग्यो (अपडेट)

मर्स्याङ्दी बस दुर्घटना : ४३ भारतीय पर्यटक सवार, १४ जनाको मृत्यु

७ भदौ, काठमाडौं ।  तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खस्दा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान साढे ११ बजे आबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको थियो । युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय पर्यटक बोकेको बस पोखराबाट काठमाडौं आउँदै गरेको खुलेको थियो । प्रहरीका अनुसार बसमा… Continue reading मर्स्याङ्दी बस दुर्घटना : ४३ भारतीय पर्यटक सवार, १४ जनाको मृत्यु

भारतीय पर्यटक बोकेको बस मर्स्याङ्दीमा खस्यो, ठुलै हताहती भएको प्रहरीको अनुमान

७ भदौ, काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेको छ । शुक्रबार बिहान साढे ११ बजे आबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको हो । युपी ५३ एफटी ७६२३ नम्बरको बस पोखराबाट काठमाडौं आउँदै गरेको खुलेको छ । बसमा अन्दाजी ४० जना रहेको अनुमान लगाइएकाे छ । भारतीय पर्यटक… Continue reading भारतीय पर्यटक बोकेको बस मर्स्याङ्दीमा खस्यो, ठुलै हताहती भएको प्रहरीको अनुमान

मकवानपुरको भीमफेदीमा बस दुर्घटनामा परी ५ जनाको मृत्यु

६ असोज, काठमाण्डौ । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा ५ जनाको मृत्युभएको छ ।काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको गाउँपालिकका उपाध्यक्ष सञ्जिव श्रेष्ठले जानकारी दिए । उनका अनुसार ५ जनाको शव दुर्घटनास्थलमा नै छ र केही बसभित्र थिचिएको आशंका छ ।जुरिखेतको… Continue reading मकवानपुरको भीमफेदीमा बस दुर्घटनामा परी ५ जनाको मृत्यु

पाल्पा बस दुर्घटनामा मृतक ६ जनाकै पहिचान खुल्यो

९ साउन , काठमाण्डौ । पाल्पामा भएको बस दुर्घटनामा मृतक ६ जनाकै पहिचान खुलेको छ । बागलुङ बुर्तिवाङबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो ।मृत्यु हुनेमा गुल्मी चन्द्रकोट गाउँपालिका–८ मझुवा बस्ने १५ वर्षीय प्रवेश काफ्ले, वडा नं ७ बस्ने ४०… Continue reading पाल्पा बस दुर्घटनामा मृतक ६ जनाकै पहिचान खुल्यो