कर्णाली नदीले तटबन्ध नै भत्काउन थालेपछि बस्ती जोखिममा

१२ साउन, कैलाली । हरेक वर्ष कर्णाली नदीले धार परिवर्तन गर्दा यहाँका तटीय क्षेत्रका नागरिकलाई समस्या हुन थालेको छ । नदीले बर्सेनि नदीको धार परिवर्तन गर्दै आएको छ । जसले नदी नियन्त्रणका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गरेका वा निर्माणाधीन अवस्थामा रहेका तटबन्ध नै भत्काउन थालेको छ । नदीको बहावले तटबन्ध नै भत्काउन… Continue reading कर्णाली नदीले तटबन्ध नै भत्काउन थालेपछि बस्ती जोखिममा

बझाङमा सेती नदीले सडक कटान गरेपछि यातायात सेवा अवरुद्ध

४ साउन, बझाङ । बझाङमा सेती नदीले सडक कटान गरेपछि यातायात सेवा बन्द भएको छ । नदीमा पानीको बहाव बढेपछि सदरमुकाम चैनपुर जोड्ने सडक कटान हुन थालेको हो । नदीको पानीले जयपृथ्वी राजमार्गअन्तर्गत जालेबगरमा सडक कटान गरेपछि यातायात बन्द भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टका अनुसार सेतीको बाढीले जालेबगरमा… Continue reading बझाङमा सेती नदीले सडक कटान गरेपछि यातायात सेवा अवरुद्ध

झापाको रतुवा खोलामा आएको बाढीले १३ परिवार विस्थापित, २५ घर डुबानमा

६ असार, झापा । झापाको रतुवा खोलामा अविरल वर्षापछि आएको बाढीले जमिन कटान गर्दा १३ परिवार विस्थापित भएका छन् भने २५ घर डुबानमा परेका छन् । दमक नगरपालिका–७ रेडक्रस भवन पछाडिको खोला किनार नजिक रहेको बस्तीमा बाढीले कटान गर्दा १३ परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए… Continue reading झापाको रतुवा खोलामा आएको बाढीले १३ परिवार विस्थापित, २५ घर डुबानमा