अरुणमा जलसतह बढ्यो, अरु कुन नदीमा छ खतरा ?

३० साउन , विराटनगर । मनसुनी प्रभाव अझै रहेकाले आज कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा… Continue reading अरुणमा जलसतह बढ्यो, अरु कुन नदीमा छ खतरा ?

लगातारको ठूलो वर्षाका कारण पोखेरामा कतै पहिरो, कतै डुबान

१६ साउन, कास्की । पोखरामा गएरातिदेखि नै ठूलो पानी परिरहेको छ । लगातारको ठूलो वर्षाका कारण कतै पहिरो गएको छ भने कतै डुबान भएको छ । पोखरा महानगरपालिका–१३ कमल पोखरी क्षेत्रका करिब एक सय घर डुबानमा परेको वडा अध्यक्ष किरण बरालले जानकारी दिए । उनले गएराति १० बजेदेखि घरहरु डुबानमा पर्न थालेको र आफू रातभर… Continue reading लगातारको ठूलो वर्षाका कारण पोखेरामा कतै पहिरो, कतै डुबान

चितवनको रामपुर र आसपासका क्षेत्रमा भारी वर्षा, बाढीको जोखिम

१५ साउन, चितवन । चितवनको रामपुर र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको छ । पछिल्लो एक घण्टामा ठूलो पानी परेकाले रामपुर र आसपासका क्षेत्रका होचा ठाउँमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस्तै, आज १० जिल्लाका साना नदी तथा खोलामा बाढी आउन सक्ने भन्दै सचेत रहन पनि आग्रह गरिएको छ । महाशाखाका… Continue reading चितवनको रामपुर र आसपासका क्षेत्रमा भारी वर्षा, बाढीको जोखिम

पूर्वका केही जिल्लामा ठूलो वर्षा, दिउँसोसम्म सतर्कता अपनाउन अनुरोध

१३ साउन, काठमाडौँ । पूर्वका केही जिल्लामा ठूलो पानी परिरहेको छ । इलाम र झापाको सीमा आसपास केही ठाउँमा पछिल्लो ३ घण्टामा ठूलो पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । झापाको शनिश्चरे, चन्द्रगढी, केचनालगायतका क्षेत्रमा पानी परेको र मेची विरिङ, निन्दा, अदुवा खोलालगायत साना खोलामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाले… Continue reading पूर्वका केही जिल्लामा ठूलो वर्षा, दिउँसोसम्म सतर्कता अपनाउन अनुरोध

देशका धेरै ठाउँमा पानी पर्दै, साना नदीमा आकस्मिक बाढी आउन सक्ने अनुमान

११ साउन, काठमाडौँ । देशका धेरै ठाउँमा पानी परिरहेको छ । पूर्वी क्षेत्रका केही ठाउँमा ठूलो पानी परेको छ । पूर्वी क्षेत्रमा मनसुनी न्यून चापीय रेखा सरदर ठाउँको आसपासमा नै रहेकाले त्यस क्षेत्रमा ठूलो वर्षा भइरहेको मौसमविद् निराजन सापकोटाले बताए । पछिल्लो ३/४ घण्टादेखि झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै ठाउँमा ठूलो… Continue reading देशका धेरै ठाउँमा पानी पर्दै, साना नदीमा आकस्मिक बाढी आउन सक्ने अनुमान

आज राति प्रदेश–१, गण्डकी प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावन

९ साउन, काठमाडौँ । गएरातिदेखि पहाडी क्षेत्रका धेरै ठाउँमा पानी परिरहेको छ । काठमाण्डौ उपत्यका, प्रदेश–१ र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा अहिले पनि पानी परिरहेको छ । राति पानी परेका केही ठाउँमा भने अहिले पानी पर्न रोकिएको छ । अहिले पानी परिरहेका ठाउँमा पनि केहीबेरमा पानी रोकिने र दिउँसोपछि फेरि पर्ने सम्भावना रहेको मौसमविद्… Continue reading आज राति प्रदेश–१, गण्डकी प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावन

सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती र मधेस प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

४ साउन, काठमाडौँ । देशका धेरै ठाउँको मौसम सामान्यदेखि पूर्ण बद्ली भएको छ । लुम्बिनी प्रदेशका केही ठाउँमा गएरातिदेखि पानी परिरहेको छ । केही ठाउँमा ठूलो वर्षा भएको छ । आज दिउँसो सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती र मधेस प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने अनुमान गरिएको छ भने अन्य धेरै क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने… Continue reading सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती र मधेस प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

झापाको रतुवा खोलामा आएको बाढीले १३ परिवार विस्थापित, २५ घर डुबानमा

६ असार, झापा । झापाको रतुवा खोलामा अविरल वर्षापछि आएको बाढीले जमिन कटान गर्दा १३ परिवार विस्थापित भएका छन् भने २५ घर डुबानमा परेका छन् । दमक नगरपालिका–७ रेडक्रस भवन पछाडिको खोला किनार नजिक रहेको बस्तीमा बाढीले कटान गर्दा १३ परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए… Continue reading झापाको रतुवा खोलामा आएको बाढीले १३ परिवार विस्थापित, २५ घर डुबानमा

केही दिन रातमा झरी, दिउँसो घाम लाग्ने; भिरालो जमिनमा बस्नेलाई चनाखो रहन आग्रह

५ असार, काठमाडौँ । रातभर पानी परे पनि अहिले देशका धेरै ठाउँमा घाम चर्किएको छ । गएराति देशका धेरै ठाउँमा लागातार पानी पर्दा ठाउँ–ठाउँमा पहिरो गएको छ । पहिरोको कारण मुख्य राजमार्गमा गाडीको चाप परेको छ । तर, बिहान भएसँगै पानी पर्न रोकिएको छ । केही दिनदेखि रातमा झरी पर्ने र दिउँसो घाम लाग्ने भइरहेको… Continue reading केही दिन रातमा झरी, दिउँसो घाम लाग्ने; भिरालो जमिनमा बस्नेलाई चनाखो रहन आग्रह

मनसुनी वायु पश्चिमी क्षेत्रतर्फ सर्दै, आज पनि धेरै ठाँउमा वर्षा

२९ जेष्ठ, काठमाडौँ । मनसुनी वायु पश्चिमी क्षेत्रतर्फ सर्न थालेको मौसमविद्हरुले बताएका छन् । गएको आइतवार नेपालमा प्रदेश–१ हुँदै मनसुन भित्रिएको थियो । मनसुन अहिले गण्डकी प्रदेशसम्म प्रवेश गरेको र बिस्तारै अब पश्चिमी क्षेत्रमा प्रवेश गर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिए । मनसुन भित्रिए पछि प्रदेश–१, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा लगातारजसो पानी परिरहेको… Continue reading मनसुनी वायु पश्चिमी क्षेत्रतर्फ सर्दै, आज पनि धेरै ठाँउमा वर्षा

चार प्रदेशमा बाढीपहिरोको जोखिम बढ्दा लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने गर्मी बढ्दो

२७ जेष्ठ, काठमाडौँ । देशका चार प्रदेशमा लगातारजसो पानी परिरहेको छ । प्रदेश–१, वाग्मती, गण्डकी र मधेस प्रदेशमा लगातारजसो पानी पर्दा बाढी पहिरोको जोखिम उच्च भएको छ । लगातारको वर्षाले खोलानालामा पानीको सतह बढेको छ भने पहिरोका कारण मुख्य राजमार्गसहित ग्रामीण सडकको यात्रा कष्टकर हुन थालेको छ । आज पनि यी चार प्रदेशमा हल्कादेखि मध्यमखालको… Continue reading चार प्रदेशमा बाढीपहिरोको जोखिम बढ्दा लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने गर्मी बढ्दो

आज पनि देशका धेरै ठाउँमा वर्षा, पूर्वी क्षेत्रमा बाढीपहिरोको जोखिम

२६ जेष्ठ, काठमाडौँ । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । केही ठाउँमा रातिदेखि नै परेको पानी रोकिएको छैन । अहिले पानी पर्न रोकिएका काठमाण्डौ लगायतका ठाउँमा दिउँसो फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले बताए । उनका अनुसार पछिल्लो समय प्रदेश १, वाग्मती, गण्डकी र मधेस प्रदेशका धेरै ठाउँमा… Continue reading आज पनि देशका धेरै ठाउँमा वर्षा, पूर्वी क्षेत्रमा बाढीपहिरोको जोखिम