९ भदौ , विराटनगर । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ३ लेखर्कमा पहिरो खस्दा ठूलो मानविय तथा भौतिक क्षति भएको छ भने म्याग्दीको बेनीबजार आसपासको क्षेत्र बाढीबाट ठूलो क्षति भएको बारे दुखद खबर छ । शैलुङको पहिरोमा १० जना हराएकामा ६ जनाको शव फेला परेको छ । ४ जना अझै बेपत्ता छन् । शनिबार… Continue reading रामेछापको दोरम्बामा मध्यरातमा ५ घर बगे
Tag: #पहिरो
केदारनाथ नजिकै पहिरोले पुरिँदा चार नेपाली मजदुरको मृत्यु
७ भदौ, एजेन्सी । भारतको उत्तराखन्ड राज्यको केदारनाथनजिकै पहिरोले पुरिँदा चार जना नेपाली मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा तुलबहादुर, पूर्ण नेपाली, किशन परियार र चिकु बोहरा रहेको जनाइएको छ । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथनजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै उनीहरूलाई पहिरोले पुरेको हो । बिहीबार राति… Continue reading केदारनाथ नजिकै पहिरोले पुरिँदा चार नेपाली मजदुरको मृत्यु
जाजरकोटमा भूकम्पपीडितको टहरा पहिरोले पुर्यो, एकै परिवारका तीन जनाको मृत्यु
३ भदौ, जाँजरकोट । अविरल वर्षापछि आएको पहिरोले आएको पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । आइतबार राति पहिरोले पुरिएर नलगाड नगरपालिका–२ माझगाँउका भूकम्पपीडितको अस्थायी टहरा पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा ४२ वर्षीय लालबहादुर परियार, उनकी श्रीमती ३४ वर्षीया मनिशा परियार र दुई… Continue reading जाजरकोटमा भूकम्पपीडितको टहरा पहिरोले पुर्यो, एकै परिवारका तीन जनाको मृत्यु
खोटाङमा विद्यालय पुग्नै लागेकी शिक्षिकालाई पहिरोले पुर्यो
३१ साउन, विराटनगर । खोटाङमा विद्यालय जाँदै गरेकी शिक्षिकाको बिहीबार बिहान पहिरोले पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा रावा बेसी गाउँपालिका–३ लामिडाँडाकी सावित्रादेवी नेवार रहेकी छन् । विश्वज्योति मावि लामिडाँडामा कार्यरत शिक्षिका नेवारलाई वडा कार्यालय नजिकै पहिरोले पुरेको हो । विद्यालय पुग्न करिब डेढ सय मिटर बाँकी हुँदा उनलाई पहिरोले पुरेको हो । विद्यालय नजिकै… Continue reading खोटाङमा विद्यालय पुग्नै लागेकी शिक्षिकालाई पहिरोले पुर्यो
डोल्पामा पहिरोमा स्काभेटर पुरिँदा चालकको मृत्यु
२९ साउन,काठमाण्डौ । डोल्पाको त्रिपरासुन्दरी नगरपालिका– ३ स्थित जिउभन्ने स्थानमा एक स्काभेटर पहिरोमा पुरिँदा चालकको मृत्यु भएको छ।आज बिहान करिब ९ बजेतिर बाटो खनिरहेको अवस्थामा माथिबाट पहिरो आएर स्काभेटर पुरिएको सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए। स्काभेटर पुरिँदा नेपालगञ्ज उपमहानगरपालिका १९ बाँके राझा मोहोनपुर निवासी करिब ३२… Continue reading डोल्पामा पहिरोमा स्काभेटर पुरिँदा चालकको मृत्यु
डोजरे विकासले बगायोः८ घर क्षति, ६५ घर जोखिममा
२६ साउन, काठमाण्डौ । लगातारको वर्षापछि दोलखाको सिंगटीस्थित खोलीखेम क्षेत्रमा पहिरो गएको छ । पहिरोका कारण ८ घरमा क्षति भएको छ भने ६५ घरधुरी जोखिममा परेका छन् । बुधबार साँझ परेको अविरल वर्षाले विगु गाउँपालिका ४ सिंगटीको खोलीखेम बजारका ८ घरमा क्षति भएको र ६५ घर उच्च जोखिममा परेका हुन् । खोलीखेमबाट लादुकतर्फ उक्लिने सडकका… Continue reading डोजरे विकासले बगायोः८ घर क्षति, ६५ घर जोखिममा
अछाम पहिरोमा परेकाको उद्धार तथा राहतमा कुनै कमी नगर्न गृहमन्त्रीको निर्देशन
९ साउन, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले अछाम पहिरोमा परेकाको उद्धार तथा राहतमा कुनै कमी नगर्न निर्देशन दिएका छन् । अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा गएको पहिरो र त्यसले पुर्याएको क्षतिबारे जानकारी लिदैँ उनले आवश्यक पर्ने उद्धार र राहतको कार्यमा कुनै कसुर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । गृहमन्त्री खाँणले अछामका प्रमुख जिल्ला अधिकारी… Continue reading अछाम पहिरोमा परेकाको उद्धार तथा राहतमा कुनै कमी नगर्न गृहमन्त्रीको निर्देशन
अछाममा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु
९ साउन, डोटी । पहिरोले घर पुरिँदा अछाममा एकै परिवारका तीन जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । गएराति अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुका अमर विष्टको घर पहिरोले पुरिँदा १५ वर्षका संविधान विष्ट, अन्दाजी २५/२६ वर्षका वीरेन्द्र विष्ट र ४५ वर्षकी हरिकला विष्टको ज्यान गएको जिल्ला प्रशासन कार्यालय अछामका… Continue reading अछाममा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु
पहिरोले कर्णाली राजमार्ग अन्तर्गत कालीकोट सडक खण्ड अवरुद्ध
५ साउन, सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत कालीकोट सडक खण्ड अवरुद्ध भएको छ ।कालीकोटको खाँडाचक्र नगरपालिका–७, पिलिस्थित कर्णाली राजमार्गको सडकमा बिहीबार दिउँसो साढे १ बजे पहिरो खसेपछि राजमार्ग अबरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।पहिरोले सडक अबरुद्ध हुँदा सवारी साधन जममा परेका छन् । कर्णाली राजमार्ग हुँदै यात्रा गरिरहेका सार्वसाधारण अलपत्र परेका छन्… Continue reading पहिरोले कर्णाली राजमार्ग अन्तर्गत कालीकोट सडक खण्ड अवरुद्ध
पहिरोले डुम्रे बेँसीसहर सडकखण्ड अवरुद्ध
२८ असार, काठमाण्डौ । गए रातिदेखि परेको वर्षाले पहिरो जाँदा डुम्रे बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ।बेँसीसहर नगरपालिका–१ उदीपुरको देउरालीडाँडामा पहिरो खस्दा सो सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।सो सडकखण्डको वैकल्पिकरूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदीपुरबजार जोडिने यस भागमा माथिबाट लेदो आएर सडक अवरुद्ध बनेको हो।गत वर्ष र… Continue reading पहिरोले डुम्रे बेँसीसहर सडकखण्ड अवरुद्ध
३७ घण्टापछि भेटियो पाँचथरमा पहिरोले घर बगाउँदा बेपत्ता भएका २ जनाको शव
१९असार, पाँचथर । गएको शुक्रवार राति पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ७ का दुई जनाको शव ३७ घण्टापछि भेटिएको छ ।शुक्रवार राति पहिरोले घर बगाउँदा फालेलुङ वडा नम्बर ७ का रुपलाल मगरको परिवारका तीन जना बेपत्ता भएका थिए । पहिरोमा पुरिएर बेपत्ता भएकाको खोजी गर्ने क्रममा ४२ वर्षका रुपलालको शव… Continue reading ३७ घण्टापछि भेटियो पाँचथरमा पहिरोले घर बगाउँदा बेपत्ता भएका २ जनाको शव
पहिरोका कारण अवरूद्ध पृथ्वी राजमार्ग ४ घण्टा पछी सचांलनमा
१२ असार,काठमाण्डौ । पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग खुलेको छ। आज मध्यान्ह करिब १२ बजेतिर मुग्लिन कुरिनटार सडकखण्डअन्तर्गत नाग्दीखोलामा पहिरो झरेको थियो। उक्त पहिरो पन्छाएपछि अहिले सडक दुवैतर्फी खुलेको प्रहरीले जनाएको छ। पहिरो खसेको तीन घन्टापछि सडक एकतर्फी खुलेको थियो।
सङ्खुवासभामा पहिरो जाँदा १० परिवार विस्थापित
६ असार, सङ्खुवासभा । लगातार परेको वर्षाका कारण सङ्खुवासभाको चिचिला गाउँपालिका भित्रका विभिन्न ठाउँमा गएको पहिरोबाट १० परिवार विस्थापित भएका छन् । गाउँपालिका भित्रका वडा नम्बर १ मा ६ घर र वडा नम्बर ३ मा ४ घरपरिवार पहिरोबाट विस्थापित भएका हुन् । वडा नम्बर १ को सोभाङ्मामा लाखबहादुर राई र हेमराज राईको परिवार विस्थापित भएका… Continue reading सङ्खुवासभामा पहिरो जाँदा १० परिवार विस्थापित
केही दिन रातमा झरी, दिउँसो घाम लाग्ने; भिरालो जमिनमा बस्नेलाई चनाखो रहन आग्रह
५ असार, काठमाडौँ । रातभर पानी परे पनि अहिले देशका धेरै ठाउँमा घाम चर्किएको छ । गएराति देशका धेरै ठाउँमा लागातार पानी पर्दा ठाउँ–ठाउँमा पहिरो गएको छ । पहिरोको कारण मुख्य राजमार्गमा गाडीको चाप परेको छ । तर, बिहान भएसँगै पानी पर्न रोकिएको छ । केही दिनदेखि रातमा झरी पर्ने र दिउँसो घाम लाग्ने भइरहेको… Continue reading केही दिन रातमा झरी, दिउँसो घाम लाग्ने; भिरालो जमिनमा बस्नेलाई चनाखो रहन आग्रह
ताप्लेजुङमा पहिरोले आठ घर बगायो
५ असार, ताप्लेजुङ । ताप्लेजुङमा आठ वटा घर पहिरोले बगाएको छ । निरन्तर वर्षा भएसँगै गएको पहिरोले आठ वटा घर बगाएको हो । गएको बिहीवारयता जिल्लामा वर्षाका कारण बाढी–पहिरोले क्षति गर्न थालेको हो । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सिरीजङ्घा गाउँपालिका–६ मामाङ्खे गाउँमा दुई र वडा नं ७ खेवाङ गाउँमा एक गरी तीन घर पहिरोले… Continue reading ताप्लेजुङमा पहिरोले आठ घर बगायो
मुग्लिन–आँबुखैरेनी सडकमा पहिरो गएको ठाउँमा २ जनाको शव फेला
२७ जेष्ठ, तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–आँबुखैरेनी सडक खण्डमा पहिरो गएको ठाउँमा २ जनाको शव भेटिएको छ । राति सडक नै टुट्ने गरी पहिरो जाँदा कार र मोटरसाइकल नदीमा खसेको डीएसपी युवराज खड्काले जानकारी दिए । मृतक दुवैको परिचय खुल्न नसकेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिए । त्यहाँ कार… Continue reading मुग्लिन–आँबुखैरेनी सडकमा पहिरो गएको ठाउँमा २ जनाको शव फेला
सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध
२७ जेष्ठ, चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको तोपे खोलामा सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ । बागमती ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरका अनुसार आज बिहान पौने ९ बजेको समयमा इच्छाकामना गाउँपालिका–६ तोपेखोला नजिकै सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो । हिजो पनि पहिरोका कारण सवारी साधन बीचबाटोमै रोकिएका थिए… Continue reading सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध
पहिरोले नारायणगढ–मुग्लिन सडक बन्द
२६ जेष्ठ, चितवन । वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द भएको छ । चितवनको इच्छाकामना–६ तोपेखोलामा रहेको नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको अधिकारीले बताए । पहिरोकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध… Continue reading पहिरोले नारायणगढ–मुग्लिन सडक बन्द
पहिरोका कारण मध्यपहाडी लोकमार्गको बाग्लुङ खण्डको सडक बन्द
२६ जेष्ठ, बाग्लुङ । दुई दिनदेखिको वर्षासँगै खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको बाग्लुङ खण्डअन्तर्गत घोडाबाँधे–हटिया सडक गएरातिदेखि बन्द भएको छ । सडक बन्द हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका गाडी बाटोमै थन्किएका छन् । यात्रुले सास्ती बेहोरिरहेका छन् । ठाउँठाउँमा खसेको पहिरोले लोकमार्ग क्षतविक्षत बनेको छ । गलकोट नगरपालिकाका प्रवक्ता हेमन्त भण्डारीका अनुसार… Continue reading पहिरोका कारण मध्यपहाडी लोकमार्गको बाग्लुङ खण्डको सडक बन्द