प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

८ साउन , काठमाण्डौ । मनसुन कमजोर हुँदा आज विहानैदेखि देशका अधिकाँश क्षेत्रमा गर्मी बढेको छ । अस्ति मङ्गलवारसम्म सक्रिय रहेको मनसुन फेरि निष्क्रियजस्तै भएको छ । मौसमविद् हरिप्रसाद दाहालका अनुसार मनसुन निष्क्रिय नभएर कम सक्रिय भएको हो । मनसुन कम सक्रिय भएकाले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम सुक्खा भएको छ । आज पनि… Continue reading प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

आज कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?

२२ असार , काठमाडौं । नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका प्रभावले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम… Continue reading आज कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?

आज यी ३ प्रदेशमा भारी वर्षा

२६ भदौ ,  एजेन्सी । नेपालमा मनसुन अझै सक्रिय रहँदा केही प्रदेशमा आज भारी वर्षाको पुर्वानुमान गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । साथै कोशी र गण्डकी प्रदेशका एक–दुई… Continue reading आज यी ३ प्रदेशमा भारी वर्षा

देशभर मनसुनी वायु, आजपनि मेघगर्जनसहित वर्षा र बाढी

२१ भदौ , काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज ५ प्रदेशका एक दुई स्थानमा मेघगर्जनसहित वर्षाको अनुमान छ । यस्तै लगातारको वर्षाले मुग्लिन सडक खण्डमा पहिरो खसेको छ भने बाग्लुङमा बाढीले बगाउदा २ जनाको मृत्यु भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागद्वारा आज… Continue reading देशभर मनसुनी वायु, आजपनि मेघगर्जनसहित वर्षा र बाढी

सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती र मधेस प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

४ साउन, काठमाडौँ । देशका धेरै ठाउँको मौसम सामान्यदेखि पूर्ण बद्ली भएको छ । लुम्बिनी प्रदेशका केही ठाउँमा गएरातिदेखि पानी परिरहेको छ । केही ठाउँमा ठूलो वर्षा भएको छ । आज दिउँसो सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती र मधेस प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने अनुमान गरिएको छ भने अन्य धेरै क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने… Continue reading सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती र मधेस प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

मनसुन पुनः सक्रिय, तीन दिनसम्म धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

३ साउन, काठमाडौँ । मनसुन फेरि सक्रिय भएसँगै देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । बिहान काठमाडौँमा पानी परेको थियो भने प्रदेश–१, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताए । उनका अनुसार आज दिउँसोदेखि देशका धेरै ठाउँमा नै पानी पर्ने… Continue reading मनसुन पुनः सक्रिय, तीन दिनसम्म धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

चितवन राष्ट्रिय निकुञ्ज असार १ गतेदेखि बन्द

३० जेष्ठ, चितवन । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि पर्सि असार १ गतेदेखि बन्द गर्ने भएको छ । निकुञ्जभित्र गरिने जङ्गल सफारी, जङ्गल वाक लगायत गतिविधि बन्द गर्न लागिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जङ्गलमा भएका स–साना खोला खोल्सामा बाढी आउने तथा रूख… Continue reading चितवन राष्ट्रिय निकुञ्ज असार १ गतेदेखि बन्द

मनसुनी वायु पश्चिमी क्षेत्रतर्फ सर्दै, आज पनि धेरै ठाँउमा वर्षा

२९ जेष्ठ, काठमाडौँ । मनसुनी वायु पश्चिमी क्षेत्रतर्फ सर्न थालेको मौसमविद्हरुले बताएका छन् । गएको आइतवार नेपालमा प्रदेश–१ हुँदै मनसुन भित्रिएको थियो । मनसुन अहिले गण्डकी प्रदेशसम्म प्रवेश गरेको र बिस्तारै अब पश्चिमी क्षेत्रमा प्रवेश गर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिए । मनसुन भित्रिए पछि प्रदेश–१, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा लगातारजसो पानी परिरहेको… Continue reading मनसुनी वायु पश्चिमी क्षेत्रतर्फ सर्दै, आज पनि धेरै ठाँउमा वर्षा