Nepal Times
Nepal Times
3
Shares

कर्णाली नदीले तटबन्ध नै भत्काउन थालेपछि बस्ती जोखिममा

कर्णाली नदीले तटबन्ध नै भत्काउन थालेपछि बस्ती जोखिममा

१२ साउन, कैलाली । हरेक वर्ष कर्णाली नदीले धार परिवर्तन गर्दा यहाँका तटीय क्षेत्रका नागरिकलाई समस्या हुन थालेको छ ।

नदीले बर्सेनि नदीको धार परिवर्तन गर्दै आएको छ । जसले नदी नियन्त्रणका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गरेका वा निर्माणाधीन अवस्थामा रहेका तटबन्ध नै भत्काउन थालेको छ ।

नदीको बहावले तटबन्ध नै भत्काउन थालेपछि कैलालीको टीकापुर नगरपालिकाको तटीय क्षेत्रका नागरिक जोखिममा परेका छन् ।

नदीले टीकापुर नगरपालिका–५ को टीकापुर पार्कको पूर्वीउत्तरतर्फ भैरवनाथ मन्दिरको नजिकै कटान गरेको छ । त्यहाँ नदी नियन्त्रणका लागि बनाएका स्पर तथा तटबन्धलाई भत्काउन थालेको छ ।

रानीजमरा कुलरिया सिँचाइ आयोजनाले अहिले पनि तटबन्धका काम गरिरहेको छ । तटबन्ध गरिरहे पनि नदीले हरेक वर्ष फरकफरक ठाउँमा कटान गरिरहने भएकाले समस्या भइरहेको रानी, जमरा कुलरिया सिँचाइ आयोजनाका प्रमुख केदारकुमार श्रेष्ठ बताउँछन् ।

टीकापुर नगरपालिकाका मेयर रामलाल डङ्गौरा थारुले आफूहरु पनि नदीको त्रासमा रहेको बताएक छन् ।

उनले प्रभावित क्षेत्रको अनुगमन गरी नगरपालिका आफैँले गर्न सक्ने ठाउँमा आफैँले काम गर्ने र नसक्ने ठाउँमा रानी, जमरा कुलरिया सिँचाइ आयोजनासँगको समन्वयमा कटान रोक्न पहल गर्ने बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.