Nepal Times
Nepal Times
3
Shares

प्रतिभा सम्मान र प्रतिभा पुरस्कारबाट राजेन्द्र बिमल र बिमला तुम्खेवा सम्मानित

प्रतिभा सम्मान र प्रतिभा पुरस्कारबाट राजेन्द्र बिमल र बिमला तुम्खेवा सम्मानित

१७ माघ, काठमाडौँ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले वरिष्ठ साहित्य साधक डाक्टर राजेन्द्र बिमललाई प्रतिभा सम्मान र युवा कवि बिमला तुम्खेवालाई प्रतिभा पुरस्कारबाट सम्मानित गरेको छ ।

प्रतिष्ठानले सनिबार काठमाण्डौमा विशेष कार्यक्रम गरी स्रष्टाद्वयलाई सम्मानित गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गााप्रसाद उप्रेतीले १ लाख रुपैयाँ नगद सहित कवि तुम्खेवालाई प्रतिभा पुरस्कारबाट पुरस्कृत गरेका हुन् ।

वरिष्ठ साहित्यकार डाक्टर राजेन्द्र विमलका तर्फबाट सम्मान लिन उनका छोरा उपस्थित थिए । प्रतिभा सम्मानको राशी ५० हजार रुपैया रहेको छ । दुवै स्रष्टालाई नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पुर्याए वापत सम्मानित गरिएको हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.