काठमाडौँ–रक्सौल रेलमार्ग : भारतद्वारा डीपीआरको प्रस्ताव

२५ भदौ ७७, शुक्रबार

काठमाडौँ : काठमाडौँलाई रक्सौलसम्म जोड्ने विद्युतीय रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)का लागि भारतले अनुमति मागेको छ ।

अन्तरदेशीय उक्त रेलमार्गको डीपीआर तयार गर्नुका साथै निर्माण कार्यलाई अगाडि बढाउन भारत सरकारको स्वामित्वमा रहेको कोङ्कर्ण रेल्वे कर्पोरेसन लिमिटेडले अनुमति माग गरेको हो ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले डीपीआर तयार गर्न भारतबाट केही दिनअघि औपचारिक चिठी आइसकेको बताए । त्यसको जवाफसमेत पठाइएको जानकारी उनले दिए । डीपीआरका लागि कतिजना जनशक्ति आउने र के के सामग्री ल्याउने भन्नेबारेमा जवाफ पठाइसकेका छौँ, मिश्रले स्पष्ट पारे ।

कोङ्कर्ण रेल्वे कर्पोरेसनले यसअघि नै सो रेलमार्गको प्रारम्भिक अध्ययन (प्रिमिनरी इन्जिनियरिङ कम ट्राफिक सर्वे, पीईटी) गरी सोको प्रतिवेदन नेपाल सरकारलाई बुझाइसकेको थियो । गत वर्ष २०७६ भदौ १८ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सो अध्ययनको प्रस्तुतिसमेत गरिएको थियो ।

नेपाल र भारतमैत्री सम्बन्धको प्रतीकका रूपमा रेलमार्ग बन्ने छ । डीपीआरका लागि अनुमति दिन रेल विभाग तयार रहेको बताउँदै उनले डीपीआर तयार गर्न भारतबाट आउने जनशक्तिको सङ्ख्या र उपकरणबारेको सूची तयार गरेर पठाउन कोङ्कर्ण रेल्वेलाई पत्र पठाइसकिएको जानकारी दिए । भारतीय पक्षबाट एक हप्ताभित्र प्रतिउत्तर आउने उनले बताए ।, यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

भर्खरको समाचार

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

सम्बन्धित समाचार

Scroll to Top