NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अमेरिका नेपालमाथि थप उदार, ५ करोड डलर अनुदान थप्यो बुधबार मंसिर ३ , २०८२
सिमरा घटनाको दोषी जेनजी कि एमाले ? एमालेबाटै कुटिए जेनजी! बुधबार मंसिर ३ , २०८२
सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो बुधबार मंसिर ३ , २०८२
पत्रकारको ह त्या मा साउदी प्रिन्सलाई प्रश्न गरेपछि जंगिए ट्रम्प बुधबार मंसिर ३ , २०८२
शंकर र महेश बारा जानेभएपछि बबाल,विमानबाट यात्रु ओरालियो बुधबार मंसिर ३ , २०८२
Next
Prev

समाचार

फेरी साझा यातायात धराशायी हुँदै, कनकमणि दीक्षित र महेन्द्रराज पाण्डे भूमिका शंकास्पद

मङ्लबार चैत्र २६ , २०७५
Reading Time: 1 min read
A A
फेरी साझा यातायात धराशायी हुँदै, कनकमणि दीक्षित र महेन्द्रराज पाण्डे भूमिका शंकास्पद
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौं । निरन्तर घाटामा गएपछि करिब १२ वर्ष बन्द भएर पुनः सञ्चालनमा आएको साझा यातायात फेरि विगतमै बाटोमा फर्किने संकेत गरेको छ । कमजोर व्यवस्थापन र उच्च व्यवस्थापनकै शंकास्पद गतिविधिका कारण साझाको घाटा वर्षैपिच्छे बढ्दै गएसँगै सिञ्चित नोक्सान चुलिँदा साझाले सोही बाटोको पुनरावृत्तिको संकेत गरेको हो ।

आर्थिक वर्ष २०७२/७३ मा १ करोड ९८ लाख रुपैंया नाफा कमाएको साझाले २०७३/७४ देखि निरन्तर घाटा व्यहोर्दै गएको छ । साझाको कार्यसञ्चालनमा सुधार हुनुको सट्टा झन् फितलो हुँदै गएपछि चालु आर्थिक वर्ष समेत थप नोक्सान बेहाेर्ने सम्मावना छ ।

साझाले आर्थिक वर्ष २०७३/७४ मा १ करोड ८२ लाख रुपैंया खुद घाटा बाेहाेरेकाे थियाे । त्यस्तै, २०७४/७५ मा १ करोड ७८ लाख घाटामा गएको भएकाे वित्तीय विवरण उल्लेख छ ।

LS Auto

बस सञ्चालनमै घाटा

दैनिक रुपमा भरिभराउ यात्रु बोकेर काठमाडौंका प्रमुख रुटहरुमा गुड्ने साझा यातायातको प्रमुख कार्य मानिने यातायात सेवा नै घाटामा गएको देखिएको छ । बस सञ्चालनबाट मात्रै साझाले आर्थिक वर्ष २०७४/७५ मा २ करोड ९३ लाख रुपैंया घाटा व्यहोरेको छ । २०७३/७४ मा २ करोड ३४ लाख रुपैंया घाटा व्यहोरेको थियो ।

वार्षिक रुपमा बसहरुको संख्या थप्दै गएसँगै साझाको घाटा पनि थपिँदै गएको हो । साझाले जग्गा र भवनको भाडा तथा बसमा राखिएको विज्ञापनबापत आम्दानी गर्दा मात्रै खुद घाटाको आकार अघिल्लो वर्षको भन्दा कम भएको देखाएको हो । मुख्यतः बस सञ्चालन घाटा चुलिँदै जाँदा साझालाई फेरि विगतको जस्तै रुग्ण अवस्थामा पुर्याउने देखिएको छ ।

महानगर भित्र अधिक व्यस्त रुटहरुमा साझाले बस सञ्चालन गर्न अनुमति पाएको छ । ठूला बसहरु भएका कारण अन्य बसहरुको भन्दा तुलनात्मक रुपमा सञ्चालन लागत  कम छ । सरकारी अनुदानमा बसहरू किनिएकाेले न ऋणकाे व्याज तिर्नु परेकाे छ, न लगानीकर्तालाइ लामांश दिनु परेकाे छ ।

साथै, सरकारले सित्तैमा दिएकाे जग्गा,  भवन र पार्किङस्थल र पेट्रोलपम्प साझाकाे स्वामित्वमा छ । यी पूर्वाधारबाट साझाले अतिरिक्त आम्दानी गर्दै आएकाे छ । यस्ताे अवस्थामा साझा यातायात पुन घाटामा जानुलाई सरोकारवालाहरुले व्यवस्थापकहरूकाे नियत र क्षमतामा प्रश्न गरेका छन् ।

तर चुलिँदै गएको घाटाका सम्बन्धमा साधारणसभामा समेत अध्यक्ष कनकमणि दीक्षितले न त कुनै चिन्ता व्यक्त गरे न त त्यसलाई सुधार्ने प्रतिवद्धता नै । ६ पृष्ठ लामो लिखित मन्तव्य दिएका उनले केही समय साझाको विगत र वर्तमानमा खर्चदा अधिकांश समय काठमाडौं महानगरपालिका लगायतका ‘दातृ’ निकायहको प्रशंसामा नै खर्चिए । बरु उनले काठमाडौं महानगरपालिकालाई पैसा थप्न लगाएर थप २० ओटा बस सञ्चालनमा ल्याउने घोषणा गरे ।

सञ्चालन र व्यवस्थापनको मिलेमतोमा ‘ठगी’

साझामा सञ्चालक समितिका अध्यक्ष र व्यवस्थापनका प्रमुखको मिलेमतोमा घोटाला हुने गरेको स्रोतले जनाएको छ । साझालाई सेन्टिमेन्टसँग बेचेर आर्थिक लाभ उठाउन अध्यक्ष कनकमणि दीक्षित र प्रबन्धक महेन्द्रराज पाण्डेले संस्थालाई बन्धक बनाएको आरोप सरोकारवालाहरुले लगाएका छन् । ठूला डिलहरु अध्यक्षमार्फत् गरेर मिडिया स्ट्रन्ट फैलाउने र प्रवन्धकमार्फत् भित्रभित्रै संस्थालाई खोक्रो बनाउने योजनासहित लागेका कारण संस्था विगतकै स्थितिमा पुग्ने चिन्ता समेत साझा यातायातकै कर्मचारीहरुले गर्न थालेका छन् ।

दीक्षितहरुकै अव्यवस्था र बन्दीका कारण विगतदेखि नै साझाले दूरावस्था भोग्दै आएको थियो । यसै कारण करिब १३/१४ वर्षसम्म साझा पूर्ण रुपमा बन्द अवस्थामा रहन गयो । २०६९ देखि १६ ओटा बस किनेर पुनः सञ्चालनमा आएको साझा यातायातले बस थपिँदै जाँदा घाटा भने उचाल्दै लगेको हो ।

हाल साझामा चालक परिचालक बाहेक ४ जना स्थायी, १६ जना करार र ५ जना दैनिक ज्यालादारीमा कर्मचारी कार्यरत रहेकोमा करार र ज्यालादारीका कर्मचारीहरु समेत साझाको सेवा सुविधाप्रति सन्तुष्ट छैनन् । उनीहरु साझाले आफूहरुमाथि श्रम शोषण गरेको अप्रत्यक्ष रुपमा बताउँदै आएका छन् ।

महेन्द्र पाण्डे भन्छन्, ‘बस हेर्नुस्, आयव्यय किन चाहियो’

साझा यातायातका प्रबन्धक महेन्द्रराज पाण्डेले सूचना लुकाउने प्रयास गरेका छन् । पाण्डेसँग साझा यातायातको साधारणसभाबाट पारित वित्तीय विवरणसम्बन्धी सूचना माग गर्दा  कनकमणि दीक्षितले महानगरपालिका र सरकारको भक्तिभावले ओतप्रोत गरेको मन्तव्य दिएर ‘यसैमा सबै छ, वित्तीय विवरण दिन मिल्दैन’ भन्दै सूचना लुकाउने प्रयास गरेका थिए ।

उनले आफ्नो कार्यालयबाट बाहिर निस्केर बसहरु देखाउँदै ‘बसहरु गुडिरहेका छन्, बन्दमा पनि सेवा दिइरहेका छौं, यतिभन्दा तपाईलाई किन चाहियो, यही लेख्नुस्’ भन्दै फर्काएका थिए । दीक्षितका विश्वासपात्र मानिएका पाण्डेले सूचनाको हकबमोजिम उपलब्ध गराउनुपर्ने सूचना समेत नदिएर सार्वजनिक निकायको गतिविधिको सूचना पाउने अधिकारबाट वञ्चित गराउने असफल प्रयास गरेका हुन् ।

स्थिर सम्पत्तिको चरम दुरुपयोग

साझा सहकारीको नाममा हरिहरभवनमा २२ रोपनी जग्गा र अत्याधुनिक भवन छ । तर ती जग्गाहरुबाट साझाले गरेको अाम्दानी जम्मा १ करोड ४७ लाख रुपैंया मात्र हो । अघिल्लो वर्ष १ करोड ५१ लाख रुपैंया त्यस्तो आम्दानी गरेकोमा यो वर्ष यो आकार झन् घट्न पुगेको हो ।

साझाले नेपाल टेलिकम, साझा पसल लगायत ५ व्यक्ति तथा संस्थालाई उक्त जग्गा र भवन भाडामा दिएको छ । तर पुल्चोकको मुख्य भागमा रहेको त्यति मूल्यको सम्पत्तिको उचित रुपमा परिचालन गर्न नसक्दा त्यसको ह्रासकट्टी खर्चभन्दा पनि आम्दानी कम देखिन गएको हो ।

सर्भाइभलको ग्यारेन्टीविनै महानगरको अर्को लगानी

त्यसो त घाटामा गएको साझामा लगानी थप्न सरकारी निकायहरुले गरेको हतारो समेत अचम्मलाग्दो छ । अघिल्लो दुई वर्षदेखि निरन्तर घाटामा रहेको संस्थामा लगानी थप्न काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका सहित काठमाडौं उपत्यकाका केही स्थानीय तहले हतारो गरेका हुन् ।

नयाँ बसको सञ्चालन र नाफा वा कम्तीमा घाटा पूर्तिको सुनिश्चितता नै नगरी काठमाडौं महानगरपालिकाले साझालाई थप २० ओटा बस खरीद गर्न साझाको शेयर किनिदिने गरी सहमति गरिसकेको छ । अरु स्थानीय तहले समेत काठमाडौंकै पदचाप पछ्याउँदै लगानीमा हतारो देखाएका हुन् ।

हाल चुक्ता पुँजी ४२ करोड ६८ लाख रुपैंया रहेको साझा यातायातमा तीन तहका सरकार वा तिनका निकायहरुको जम्माजम्मी ९९.२३ प्रतिशत शेयर छ । बाँकी ०.७७ प्रतिशत शेयरमध्ये जगदम्बा गुठी, जगदम्बा प्रेस, मदन पुस्तकालय, साझा सेवा पसल, सम्यक बचत तथा ऋण सहकारी लगायत संस्थाहरु र १५४ जना शेयर सदस्यहरु समेतको स्वामित्व छ । ९९.२३ प्रतिशत लगानी गरेकाे सरकारी निकायलार्इ गुमराहमा राख्दै ०.७७ प्रतिशत सेयरधरीले सरकारी कब्जामा लिएका छन् ।

साझामा शेयर भएका संघसंस्थाहरु सबै दीक्षित परिवारकै लगानी भएका संस्थाहरु हुन् । त्यस्तै व्यक्तिगत शेयरधनीको शेयर हिस्सा ५००० रुपैंया देखि १ लाख ८० हजार रुपैंयासम्म छ । महानगरले हाल भएको ३५ प्रतिशत शेयर हिस्सालाई बढाउनेगरी साझामा ठूलो लगानी गर्दैछ ।विकासन्युज

लोकप्रीय

१८० किलोमिटर प्रसारण लाइन निर्माणका लागि २१ अर्ब ६३ करोडको ठेक्का

अमेरिका नेपालमाथि थप उदार, ५ करोड डलर अनुदान थप्यो

बुधबार मंसिर ३ , २०८२
सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो

सिमरा घटनाको दोषी जेनजी कि एमाले ? एमालेबाटै कुटिए जेनजी!

बुधबार मंसिर ३ , २०८२
सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो

सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो

बुधबार मंसिर ३ , २०८२

विचार

थप समाचार

१८० किलोमिटर प्रसारण लाइन निर्माणका लागि २१ अर्ब ६३ करोडको ठेक्का
आर्थिक

अमेरिका नेपालमाथि थप उदार, ५ करोड डलर अनुदान थप्यो

बुधबार मंसिर ३ , २०८२
सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो
ताजा समाचार

पत्रकारको ह त्या मा साउदी प्रिन्सलाई प्रश्न गरेपछि जंगिए ट्रम्प
अन्तर्राष्ट्रिय

पत्रकारको ह त्या मा साउदी प्रिन्सलाई प्रश्न गरेपछि जंगिए ट्रम्प

बुधबार मंसिर ३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: युक्रेनलाई १०० वटा राफेल, साउदीलाई एफ ३५ फाइटर जेट || Nepal Times

World News: युक्रेनलाई १०० वटा राफेल, साउदीलाई एफ ३५ फाइटर जेट || Nepal Times

00:21:46

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२

हालका पोस्टहरू

१८० किलोमिटर प्रसारण लाइन निर्माणका लागि २१ अर्ब ६३ करोडको ठेक्का

अमेरिका नेपालमाथि थप उदार, ५ करोड डलर अनुदान थप्यो

बुधबार मंसिर ३ , २०८२
सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो

सिमरा घटनाको दोषी जेनजी कि एमाले ? एमालेबाटै कुटिए जेनजी!

बुधबार मंसिर ३ , २०८२
सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो

सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो

बुधबार मंसिर ३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.