विवाद भएपछि जनप्रतिनिधिद्धारा फुटबलरमाथि छुरा प्रहार !

विराटनगर,असार ८
फुटबल हेर्ने क्रममा भनाभन भएपछि उर्लाबारी नगरपालिका –६ का वडा सदस्यले मोरङ–११ मा आवद्ध फुटबलर २७ वर्षीय विशाल तामाङमाथि छुरा प्रहार गरेका छन् ।

तरुण दल मोरङका सचिव समेत रहेका ४० वर्षीय सचिन शाक्यले तामाङमाथि शुक्रबार बिहान छुरा प्रहार गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले बताए ।

उनका अनुसार विश्वकप फुटबल हेर्ने क्रममा सामान्य भनाभनपछि छुरा प्रहारको घटना भएको हो । अर्जेन्टिना र क्रोएसियाबीचको फुटबल हेर्ने क्रममा सामान्य भनाभनपछि घरतर्फ जाने तयारी गर्दै गर्दा दुई जनाबीच विवाद उत्पन्न भएको प्रहरीले जनाइएको छ। त्यही विवाद छुरा प्रहारको घटनामा परिणत भएको प्रहरीले जानाएको छ ।

उक्त विवादलाई लिएर उर्लाबारी ५ स्थित एरोमा होटेलबाट घरतर्फ जानै लागेका तामाङमाथि शाक्यले बिहान ३ बजेतिर छुरा प्रहार गरेको तिमल्सिनाले बताए ।

छुरा प्रहारबाट पेटमा चोट लागि घाइते भएका तामाङलाई उपचारका लागि विर्तामोड स्थित वी एण्ड सी हस्पिटलमा लगिएको छ । उपचारमा संलग्न चिकित्सकले उनको अवस्था खतरामुक्त रहेको जानकारी दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनामा संलग्न शाक्य फरार रहेकाले खोजी तिव्र पारिएको छ । उनीमाथि कारवाही प्रक्रिया अघि नबढाउन प्रहरीमा विभिन्न राजनैतिक नेत्रृत्वबाट दवाव आइरहेको एक प्रहरीले बताए । प्रहरीले यस घटनालाई राजनैतिक आडमा भएको अपराधका रुपमा लिएको छ । उर्लाबारी जेसिजका अध्यक्ष समेत रहेका शाक्य निर्माण व्यवसायी पनि हुन् ।

पछिल्लो समय मोरङ–११ मा आवद्ध भएर फुटबल खेलिरहेका तामाङ यस अघि ‘ए’ डिभिजन क्लबबाट पनि खेलिसकेका खेलाडी हुन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top