साग महिला क्रिकेटमा श्रीलंकालाई हराउँदै बंगलादेशले जित्यो स्वर्ण

२२ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत महिला क्रिकेटमा श्रीलंकालाई हराउँदै बंगलादेशले स्वर्ण जितेको छ ।

आइतबार पोखरा रंगशालामा भएको खेलमा बंगलादेशले श्रीलंकालाई २ रनले पराजित गर्दै स्वर्ण पदक हात पारेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९१ रन जोड्यो । बंगलादेशका लागि विकेट किपर निगर सुल्तनाले २९ रन जोडिन् ।

यस्तै, फहिमा खातुन र सन्जिदा स्लामले समान १५ र १५ रनको योगदान गरे । श्रीलंकाका लागि उमेशा तिम्सिनाले बंगलादेशको ४ विकेट लिइन् ।

सत्या सन्दिपनीले एक र तारिका सेवान्दीले २ विकेट हात पारे । ९२ रनको लक्ष्य पछ्याएको श्रीलंकाका ब्याट्सवुमन बंगलादेशको बलरसामु खुलेर खेल्न सकेनन् ।

क्याप्टेन हर्सिता माधवी र लिहिनी अप्सराले क्रमस ३२ र २५ रन बनाउन बाहेक अन्यले उल्लेख्य रन जोड्न सकेनन् । श्रीलंकाको पक्षमा रहेको खेल बंगलादेशका बलरले उल्टयाए ।

श्रीलंकालाई १२ बलमा ११ रन आवश्यक परेको बेला साथमा ३ विकेट थियो।तर लगातार विकेट गुमाउन पुग्दा ८ रन मात्रै जोड्न सक्यो ।

यससँगै बंगलादेशले २ रनको रोमाञ्‍चक जित हात पार्‍यो । श्रीलंकालाई सस्तैमा रोक्न नहिदा अक्तरले २ विकेट लिइन् । उनले ४ ओभर बलिङ गर्दा १ मेडन राख्दै ९ रन मात्रै खर्चिन् ।

त्यस्तै, जहानारा आलम, सल्मा खातुन र खादिजा तुल कुब्राले १र१ विकेट लिए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top