×

NEPAL TIMES UPDATES

Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026
Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026

१ डिग्री तापक्रम बढ्दा जीडीपीमा १.६१ प्रतिशत घाटा

९ मंसिर २०७७

काठमाडौँ : अन्तर्राष्ट्रिय कम्पनीहरूले हरेक वर्षजस्तो घुम्नैपर्ने देशको सूचीमा नेपाललाई अग्रपंक्तिमा राख्ने गरेका छन् । प्राकृतिक सुन्दरताका हिसाबले त्यो सूचीमा पर्नु सुखद भए पनि पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण हिउँ पग्लिने र अन्य जलवायुजन्य जोखिमको दर बढ्दा पर्यटन क्षेत्रमा गम्भीर असर पर्ने देखिएको छ ।

जलवायु परिवर्तनका कारण पर्यटन क्षेत्रमा वार्षिक २५ अर्ब रुपैयाँ (२४१.६३५ मिलियन अमेरिकी डलर) सम्मको क्षति हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राक्टिकल एक्सनको अध्ययनले देखाएको छ । उक्त अध्ययनले हिउँ पग्लिने दरमा वृद्धि, बाढी, पहिरो, हिमआँधी, हिमपहिरो र मौसमी गतिविधिजस्ता जलवायुजन्य प्रकोपले पर्यटन क्षेत्रको अर्थतन्त्रमा असर निम्त्याइरहेको देखाएको छ । प्राक्टिकल एक्सनका क्षेत्रीय सल्लाहकारसमेत रहेका जलवायु परिवर्तनविज्ञ सुनील आचार्यका अनुसार पर्यटकको मुख्य गन्तव्य पोखरा, लाङटाङ र चितवनलाई प्रमुख आधार मानेर अध्ययन गरिएको थियो ।

Advertisement
Advertisement

सन् २०१७ र २०१८ मा गरिएको उक्त अध्ययनले जलवायुजन्य प्रकोपका कारण पर्यटन क्षेत्रबाट कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा नोक्सानीको दरसमेत बढ्दै गएको देखाएको छ । ‘जलवायुजन्य विपद्का कारण सन् १९८५–२०१५ सम्म पर्यटन क्षेत्रमा घाटा बढेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सन् १९८५ देखि १९९० सम्म जीडीपीमा ०.०७७८ बिलियन रहेको नोक्सानी बढेर सन् २०१० देखि २०१५ सम्ममा १.४६२४ बिलियन भएको छ ।’

तापक्रम १ डिग्री सेल्सियसका दरले वृद्धि भए कुल गार्हस्थ्य उत्पादनमा १.६१ प्रतिशतले घाटा हुने अध्ययनको निष्कर्ष छ । जलवायु परिवर्तनको मुख्य कारक मानिएको हरितगृह ग्यास उत्सर्जनले तापक्रम वृद्धि हुँदा हिउँ र हिमनदी पग्लिने र हिमतालको आकार बढ्ने हुनाले जोखिम उच्च भएको छ । त्यसको प्रत्यक्ष असर हिमाल आरोहण र हिमाली क्षेत्रको पदयात्रामा पर्ने जानकारहरू बताउँछन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को ‘द हिन्दुकुश हिमालय एसेसमेन्ट–माउन्टेन, क्लाइमेट चेन्ज, सस्टेनेबिलिटी एन्ड पिपल’ प्रतिवेदनमा शताब्दीको अन्त्यसम्म विश्वको तापक्रम वृद्धि १.५ डिग्री कायम हुँदा पनि ३६ प्रतिशत र अहिलेकै अवस्थामा कार्बन उत्सर्जन हुने हो भने ६४ प्रतिशत हिउँ पग्लने चेतावनी दिएको छ ।

अध्ययनमा संलग्न आचार्यले प्रतिवेदनले जलवायु उत्थानशील पर्यटकीय पूर्वाधारको विकासमा लाग्न सुझाएको जानकारी दिए । ‘कालान्तरमा जोखिम बढ्ने भएकाले कसरी अनुकूलित हुने भनेर बेलैमा ध्यान दिनुपर्ने भएको छ,’ उनले भने । अध्ययनमा संलग्न राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलले अर्थतन्त्रमा ठूलो असर पर्न सक्ने देखाएकाले हिमालय क्षेत्रको दिगो पर्यटनका लागि दीर्घकालीन कार्यक्रम प्रस्ताव गरिएको बताए ।

‘तापक्रम वृद्धि हुँदा पर्यटन क्षेत्रमा कस्तो स्थिति आउला भनेर अध्ययन गरिएको थियो,’ उनले भने, ‘सम्भावित जोखिमलाई ध्यान दिँदै हिमाली क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न माउन्टेन इकोनोमी मोडलको अवधारणा अघि बढाउनुपर्ने देखिएको छ ।’ पर्यटन मन्त्रालयसँगको अध्ययनमा संलग्न प्राक्टिकल एक्सन जलवायुजन्य जोखिम न्यूनीकरण, अनुकूलन र समुदायको उत्थानमा काम गरिरहेको अन्तर्राष्ट्रिय संस्था हो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले म्यानमारदेखि अफगानिस्तानसम्म फैलिएको हिन्दुकुश हिमालय क्षेत्र (एचकेएच) मध्ये सगरमाथासहित अग्ला हिमाल नेपालमा पर्ने भएकाले सबैको आकर्षणभित्र परे पनि जलवायु परिवर्तनले निम्त्याएको जोखिमका कारण नेपालले घाटा बेहोर्नुपरेको बताए । ‘फ्रेस हिउँ, हिमनदी र हिमताललाई नजिकबाट साक्षात्कार गर्न पाइने आशाले विदेशीहरू नेपाल घुम्न लालायित हुन्छन्,’ उनले भने, ‘तापक्रम वृद्धिले हिमनदी पग्लिएर हिमतालको आकार र संख्या बढ्दा भविष्यमा नेपालको पर्यटन क्षेत्र थप धराशायी बन्ने मात्र होइन, जलविद्युत् र पिउने पानीको स्रोतमै संकट निम्तिने देखिन्छ ।’

जलवायु परिवर्तनमा नेपालको भूमिका खासै नभएकाले हिमाली क्षेत्रमा पर्न सक्ने क्षति र नोक्सानी सम्बोधनका लागि अन्तर्राष्ट्रियस्तरबाटै समाधान खोज्नुपर्ने उनको सुझाव छ । ‘समस्यालाई हामी आफैंले केही गरेर सम्बोधन गर्न सकिने अवस्था छैन,’ उनले भने, ‘अन्तर्राष्ट्रियस्तरमै लबिइङ बलियो बनाउनुपर्ने हुन्छ ।’ जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संस्था (आईपीसीसी) ले पनि ‘समरी फर पोलिसिमेकर्स’ भन्ने प्रतिवेदनमा जलवायु परिवर्तनका कारण उच्च हिमाली क्षेत्रमा हिउँ र हिमनदी पग्लिने क्रम उच्चदरमा बढिरहेको उल्लेख गरेको छ । ‘हिमतालको संख्या र क्षेत्रफल पनि बढिरहेको छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘हिमपहिरो र अन्य जलवायुजन्य जोखिम वृद्धि हुने देखिन्छ ।’

जलवायु परिवर्तनविज्ञ राज पण्डित क्षत्रीका अनुसार विकसित देशहरूले हरितगृह ग्यास कटौती नगर्दा प्रत्यक्ष असर हिमाल र साना टापु मुलुकहरूले भोग्नुपर्ने हुन्छ । ‘नेपालमा पर्यटकहरू हिमशृंखला र प्राकृतिक सौन्दर्य हेरेर आनन्द लिन आउने हुन् । बढ्दो तापक्रमले हिमालमा हिउँको मात्रा घट्दो छ । जैविक विविधतामा पनि गम्भीर असर परेको छ,’ उनले भने, ‘जीडीपीमा पर्यटनको योगदान राम्रो थियो तर यस्तै अवस्था रह्यो भने खस्किने देखिन्छ । बेलैमा जलवायु उत्थानशील कार्यक्रम गर्नुपर्छ ।’

वैज्ञानिकहरूको अध्ययनले अन्नपूर्ण, लाङटाङ र खुम्बु क्षेत्रका हिमनदी (ग्ल्यासियर) सुक्दै गएको देखाएको छ भने इसिमोड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले गरेको अध्ययनले नेपालसहित चीनको तिब्बत स्वायत्त क्षेत्र (टीएआर) र भारतका ४७ वटा हिमताल (ग्ल्यासियल लेक) विस्फोटको उच्च जोखिममा रहेको देखाएको छ । लाङटाङ र इम्जा उपत्यकामा १.७ डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको छ । हिमाली क्षेत्रमा वृद्धिदर विश्वको औसतभन्दा ०.३ देखि ०.७ डिग्रीसम्म बढी छ । तिब्बतियन प्लेटो अन्य क्षेत्रभन्दा ३ गुणा बढीले तात्ने गरेको छ । लाङटाङका हिमनदीबारे १० वर्षदेखि अनुसन्धान गर्दै आएका नेदरल्यान्ड्सको उत्रेच विश्वविद्यालयका सहप्राध्यापक वाल्टर डब्लु इमरजेल विश्वको तापमान १.५ डिग्रीभन्दा धेरै बढ्न नदिँदा पनि एसियाको उच्च हिमाली क्षेत्रमा २.१ डिग्रीले तापक्रम बढ्ने तर्क गर्छन् ।

जानकारहरूका अनुसार एरोसोल पार्टिकल, वायु प्रदूषण र ‘ब्लाक’ कार्बनका कारण हिमाली क्षेत्रमा तल्लो तटीय क्षेत्रमा भन्दा बढी गतिमा तापक्रम बढिरहेको हो । अहिलेकै अवस्था रहने हो भने हिमाल ‘रक टावर’ (चट्टानी पहाड) बन्दै जानेछन्, हिमालको फेदमुनि बस्दै आएका १ अर्ब ६५ करोडभन्दा बढी मानिस बाढी तथा प्रकोपको जोखिममा पर्ने सम्भावना हुनेछ । हिमालभन्दा तल्लो तटीय क्षेत्रमा करिब दुई अर्ब मानिसको बसोबास छ । हिमालय पर्वत शृंखला १० वटा देशमा फैलिएको छ । नेपालले सन् १९७७ पछि हिमताल विस्फोटले निम्त्याउने विपद् सामना गर्न थालेको हो ।

बेलायतको युनिभर्सिटी अफ लिड्सका हिमनदी र हिमताल विज्ञ डंकन क्वेन्सीले गत वर्ष अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै खुम्बु क्षेत्रका हिमनदीको पिँधको बरफमा अस्वाभाविक रूपमा तापक्रम बढिरहेको उल्लेख गरेका थिए । हिमालयन अध्ययन केन्द्र, नेपाल भौगोलिक संस्था, बेलायतका युनिभर्सिटी अफ लिड्स, युनिभर्सिटी अफ सेफिल्ड र एभर्सविथ युनिभर्सिटी तथा काठमाडौं विश्वविद्यालयले तीन वर्ष लगाएर गरेको अध्ययनअनुसार हिमनदीको तापक्रम वायुमण्डलको भन्दा औसत दुई डिग्री बढी पाइएकाले हिउँ पग्लिने क्रमसमेत बढेको छ ।

काठमाडौं विश्वविद्यालयका हिमनदी तथा हिमताल विज्ञ रिजनभक्त कायस्थका अनुसार ५ हजार ३ सय मिटर उचाइको खुम्बु क्षेत्रमा हिमनदी छिटोछिटो पग्लिरहेको छ । ‘हिमनदी छिटो पग्लिँदा नयाँ हिमताल बन्ने सम्भावना हुन्छ र यसले बाढीको जोखिम निम्त्याउँछ,’ उनले भने ।

Advertisement
Advertisement

जलवायु परिवर्तनविज्ञ क्षत्री हिमाल आरोहण र पदयात्राका लागिसमेत जोखिम बढिरहेकाले पर्यटन प्रवर्द्धनमा जलवायु परिवर्तन बाधक बनिरहेको बताउँछन् । ‘हिमाल चढ्नलाई जटिलता थपिएको आरोहीहरूले नै बताइरहेका छन् । जलवायुजन्य जोखिमले मृत्युदरसमेत बढेको छ,’ उनले भने, ‘पदयात्रा गर्दासमेत हिमपहिरो, हिम आँधी र अकस्मात् उत्पन्न हुने मौसमी गतिविधिले समस्या निम्त्याइरहेको छ ।’क्षत्रीले उच्च हिमाली भागसम्मै पूर्वसूचना प्रणाली आवश्यक देखिएको बताए ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top