NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग सोमवार मंसिर १ , २०८२
मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया सोमवार मंसिर १ , २०८२
शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी सोमवार मंसिर १ , २०८२
नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ? सोमवार मंसिर १ , २०८२
एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म सोमवार मंसिर १ , २०८२
Next
Prev

समाचार

१ डिग्री तापक्रम बढ्दा जीडीपीमा १.६१ प्रतिशत घाटा

मङ्लबार मंसिर ९ , २०७७
Reading Time: 1 min read
A A
१ डिग्री तापक्रम बढ्दा जीडीपीमा १.६१ प्रतिशत घाटा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ : अन्तर्राष्ट्रिय कम्पनीहरूले हरेक वर्षजस्तो घुम्नैपर्ने देशको सूचीमा नेपाललाई अग्रपंक्तिमा राख्ने गरेका छन् । प्राकृतिक सुन्दरताका हिसाबले त्यो सूचीमा पर्नु सुखद भए पनि पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण हिउँ पग्लिने र अन्य जलवायुजन्य जोखिमको दर बढ्दा पर्यटन क्षेत्रमा गम्भीर असर पर्ने देखिएको छ ।

जलवायु परिवर्तनका कारण पर्यटन क्षेत्रमा वार्षिक २५ अर्ब रुपैयाँ (२४१.६३५ मिलियन अमेरिकी डलर) सम्मको क्षति हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राक्टिकल एक्सनको अध्ययनले देखाएको छ । उक्त अध्ययनले हिउँ पग्लिने दरमा वृद्धि, बाढी, पहिरो, हिमआँधी, हिमपहिरो र मौसमी गतिविधिजस्ता जलवायुजन्य प्रकोपले पर्यटन क्षेत्रको अर्थतन्त्रमा असर निम्त्याइरहेको देखाएको छ । प्राक्टिकल एक्सनका क्षेत्रीय सल्लाहकारसमेत रहेका जलवायु परिवर्तनविज्ञ सुनील आचार्यका अनुसार पर्यटकको मुख्य गन्तव्य पोखरा, लाङटाङ र चितवनलाई प्रमुख आधार मानेर अध्ययन गरिएको थियो ।

सन् २०१७ र २०१८ मा गरिएको उक्त अध्ययनले जलवायुजन्य प्रकोपका कारण पर्यटन क्षेत्रबाट कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा नोक्सानीको दरसमेत बढ्दै गएको देखाएको छ । ‘जलवायुजन्य विपद्का कारण सन् १९८५–२०१५ सम्म पर्यटन क्षेत्रमा घाटा बढेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सन् १९८५ देखि १९९० सम्म जीडीपीमा ०.०७७८ बिलियन रहेको नोक्सानी बढेर सन् २०१० देखि २०१५ सम्ममा १.४६२४ बिलियन भएको छ ।’

LS Auto

तापक्रम १ डिग्री सेल्सियसका दरले वृद्धि भए कुल गार्हस्थ्य उत्पादनमा १.६१ प्रतिशतले घाटा हुने अध्ययनको निष्कर्ष छ । जलवायु परिवर्तनको मुख्य कारक मानिएको हरितगृह ग्यास उत्सर्जनले तापक्रम वृद्धि हुँदा हिउँ र हिमनदी पग्लिने र हिमतालको आकार बढ्ने हुनाले जोखिम उच्च भएको छ । त्यसको प्रत्यक्ष असर हिमाल आरोहण र हिमाली क्षेत्रको पदयात्रामा पर्ने जानकारहरू बताउँछन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को ‘द हिन्दुकुश हिमालय एसेसमेन्ट–माउन्टेन, क्लाइमेट चेन्ज, सस्टेनेबिलिटी एन्ड पिपल’ प्रतिवेदनमा शताब्दीको अन्त्यसम्म विश्वको तापक्रम वृद्धि १.५ डिग्री कायम हुँदा पनि ३६ प्रतिशत र अहिलेकै अवस्थामा कार्बन उत्सर्जन हुने हो भने ६४ प्रतिशत हिउँ पग्लने चेतावनी दिएको छ ।

अध्ययनमा संलग्न आचार्यले प्रतिवेदनले जलवायु उत्थानशील पर्यटकीय पूर्वाधारको विकासमा लाग्न सुझाएको जानकारी दिए । ‘कालान्तरमा जोखिम बढ्ने भएकाले कसरी अनुकूलित हुने भनेर बेलैमा ध्यान दिनुपर्ने भएको छ,’ उनले भने । अध्ययनमा संलग्न राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलले अर्थतन्त्रमा ठूलो असर पर्न सक्ने देखाएकाले हिमालय क्षेत्रको दिगो पर्यटनका लागि दीर्घकालीन कार्यक्रम प्रस्ताव गरिएको बताए ।

‘तापक्रम वृद्धि हुँदा पर्यटन क्षेत्रमा कस्तो स्थिति आउला भनेर अध्ययन गरिएको थियो,’ उनले भने, ‘सम्भावित जोखिमलाई ध्यान दिँदै हिमाली क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न माउन्टेन इकोनोमी मोडलको अवधारणा अघि बढाउनुपर्ने देखिएको छ ।’ पर्यटन मन्त्रालयसँगको अध्ययनमा संलग्न प्राक्टिकल एक्सन जलवायुजन्य जोखिम न्यूनीकरण, अनुकूलन र समुदायको उत्थानमा काम गरिरहेको अन्तर्राष्ट्रिय संस्था हो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले म्यानमारदेखि अफगानिस्तानसम्म फैलिएको हिन्दुकुश हिमालय क्षेत्र (एचकेएच) मध्ये सगरमाथासहित अग्ला हिमाल नेपालमा पर्ने भएकाले सबैको आकर्षणभित्र परे पनि जलवायु परिवर्तनले निम्त्याएको जोखिमका कारण नेपालले घाटा बेहोर्नुपरेको बताए । ‘फ्रेस हिउँ, हिमनदी र हिमताललाई नजिकबाट साक्षात्कार गर्न पाइने आशाले विदेशीहरू नेपाल घुम्न लालायित हुन्छन्,’ उनले भने, ‘तापक्रम वृद्धिले हिमनदी पग्लिएर हिमतालको आकार र संख्या बढ्दा भविष्यमा नेपालको पर्यटन क्षेत्र थप धराशायी बन्ने मात्र होइन, जलविद्युत् र पिउने पानीको स्रोतमै संकट निम्तिने देखिन्छ ।’

जलवायु परिवर्तनमा नेपालको भूमिका खासै नभएकाले हिमाली क्षेत्रमा पर्न सक्ने क्षति र नोक्सानी सम्बोधनका लागि अन्तर्राष्ट्रियस्तरबाटै समाधान खोज्नुपर्ने उनको सुझाव छ । ‘समस्यालाई हामी आफैंले केही गरेर सम्बोधन गर्न सकिने अवस्था छैन,’ उनले भने, ‘अन्तर्राष्ट्रियस्तरमै लबिइङ बलियो बनाउनुपर्ने हुन्छ ।’ जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संस्था (आईपीसीसी) ले पनि ‘समरी फर पोलिसिमेकर्स’ भन्ने प्रतिवेदनमा जलवायु परिवर्तनका कारण उच्च हिमाली क्षेत्रमा हिउँ र हिमनदी पग्लिने क्रम उच्चदरमा बढिरहेको उल्लेख गरेको छ । ‘हिमतालको संख्या र क्षेत्रफल पनि बढिरहेको छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘हिमपहिरो र अन्य जलवायुजन्य जोखिम वृद्धि हुने देखिन्छ ।’

जलवायु परिवर्तनविज्ञ राज पण्डित क्षत्रीका अनुसार विकसित देशहरूले हरितगृह ग्यास कटौती नगर्दा प्रत्यक्ष असर हिमाल र साना टापु मुलुकहरूले भोग्नुपर्ने हुन्छ । ‘नेपालमा पर्यटकहरू हिमशृंखला र प्राकृतिक सौन्दर्य हेरेर आनन्द लिन आउने हुन् । बढ्दो तापक्रमले हिमालमा हिउँको मात्रा घट्दो छ । जैविक विविधतामा पनि गम्भीर असर परेको छ,’ उनले भने, ‘जीडीपीमा पर्यटनको योगदान राम्रो थियो तर यस्तै अवस्था रह्यो भने खस्किने देखिन्छ । बेलैमा जलवायु उत्थानशील कार्यक्रम गर्नुपर्छ ।’

वैज्ञानिकहरूको अध्ययनले अन्नपूर्ण, लाङटाङ र खुम्बु क्षेत्रका हिमनदी (ग्ल्यासियर) सुक्दै गएको देखाएको छ भने इसिमोड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले गरेको अध्ययनले नेपालसहित चीनको तिब्बत स्वायत्त क्षेत्र (टीएआर) र भारतका ४७ वटा हिमताल (ग्ल्यासियल लेक) विस्फोटको उच्च जोखिममा रहेको देखाएको छ । लाङटाङ र इम्जा उपत्यकामा १.७ डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको छ । हिमाली क्षेत्रमा वृद्धिदर विश्वको औसतभन्दा ०.३ देखि ०.७ डिग्रीसम्म बढी छ । तिब्बतियन प्लेटो अन्य क्षेत्रभन्दा ३ गुणा बढीले तात्ने गरेको छ । लाङटाङका हिमनदीबारे १० वर्षदेखि अनुसन्धान गर्दै आएका नेदरल्यान्ड्सको उत्रेच विश्वविद्यालयका सहप्राध्यापक वाल्टर डब्लु इमरजेल विश्वको तापमान १.५ डिग्रीभन्दा धेरै बढ्न नदिँदा पनि एसियाको उच्च हिमाली क्षेत्रमा २.१ डिग्रीले तापक्रम बढ्ने तर्क गर्छन् ।

जानकारहरूका अनुसार एरोसोल पार्टिकल, वायु प्रदूषण र ‘ब्लाक’ कार्बनका कारण हिमाली क्षेत्रमा तल्लो तटीय क्षेत्रमा भन्दा बढी गतिमा तापक्रम बढिरहेको हो । अहिलेकै अवस्था रहने हो भने हिमाल ‘रक टावर’ (चट्टानी पहाड) बन्दै जानेछन्, हिमालको फेदमुनि बस्दै आएका १ अर्ब ६५ करोडभन्दा बढी मानिस बाढी तथा प्रकोपको जोखिममा पर्ने सम्भावना हुनेछ । हिमालभन्दा तल्लो तटीय क्षेत्रमा करिब दुई अर्ब मानिसको बसोबास छ । हिमालय पर्वत शृंखला १० वटा देशमा फैलिएको छ । नेपालले सन् १९७७ पछि हिमताल विस्फोटले निम्त्याउने विपद् सामना गर्न थालेको हो ।

बेलायतको युनिभर्सिटी अफ लिड्सका हिमनदी र हिमताल विज्ञ डंकन क्वेन्सीले गत वर्ष अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै खुम्बु क्षेत्रका हिमनदीको पिँधको बरफमा अस्वाभाविक रूपमा तापक्रम बढिरहेको उल्लेख गरेका थिए । हिमालयन अध्ययन केन्द्र, नेपाल भौगोलिक संस्था, बेलायतका युनिभर्सिटी अफ लिड्स, युनिभर्सिटी अफ सेफिल्ड र एभर्सविथ युनिभर्सिटी तथा काठमाडौं विश्वविद्यालयले तीन वर्ष लगाएर गरेको अध्ययनअनुसार हिमनदीको तापक्रम वायुमण्डलको भन्दा औसत दुई डिग्री बढी पाइएकाले हिउँ पग्लिने क्रमसमेत बढेको छ ।

काठमाडौं विश्वविद्यालयका हिमनदी तथा हिमताल विज्ञ रिजनभक्त कायस्थका अनुसार ५ हजार ३ सय मिटर उचाइको खुम्बु क्षेत्रमा हिमनदी छिटोछिटो पग्लिरहेको छ । ‘हिमनदी छिटो पग्लिँदा नयाँ हिमताल बन्ने सम्भावना हुन्छ र यसले बाढीको जोखिम निम्त्याउँछ,’ उनले भने ।

जलवायु परिवर्तनविज्ञ क्षत्री हिमाल आरोहण र पदयात्राका लागिसमेत जोखिम बढिरहेकाले पर्यटन प्रवर्द्धनमा जलवायु परिवर्तन बाधक बनिरहेको बताउँछन् । ‘हिमाल चढ्नलाई जटिलता थपिएको आरोहीहरूले नै बताइरहेका छन् । जलवायुजन्य जोखिमले मृत्युदरसमेत बढेको छ,’ उनले भने, ‘पदयात्रा गर्दासमेत हिमपहिरो, हिम आँधी र अकस्मात् उत्पन्न हुने मौसमी गतिविधिले समस्या निम्त्याइरहेको छ ।’क्षत्रीले उच्च हिमाली भागसम्मै पूर्वसूचना प्रणाली आवश्यक देखिएको बताए ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

लोकप्रीय

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२
हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

सोमवार मंसिर १ , २०८२

विचार

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२
हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

सोमवार मंसिर १ , २०८२

थप समाचार

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग
अन्तर्राष्ट्रिय

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२
हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने
अन्तर्राष्ट्रिय

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा
अन्तर्राष्ट्रिय

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

सोमवार मंसिर १ , २०८२
नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?
खेलकुद

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

सोमवार मंसिर १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२

हालका पोस्टहरू

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२
हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

सोमवार मंसिर १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.