२२ प्रसारण लाइनलाई सर्वेक्षण अनुमति

२४ कात्तिक ७७, मंगलबार

काठमाडौं: चालू आर्थिक वर्ष २०७७र७८ को पहिलो त्रैमासमा २० ओटा नयाँ विद्युत् प्रसारण लाइन आयोजनाले विद्युत् विकास विभागबाट सर्वेक्षण अनुमतिपत्र पाएका छन् ।

विभागका अनुसार ४०० केभीका ६ ओटा प्रसारण लाइनले सर्वेक्षणको अनुमतिपत्र पाएका छन् । उक्त ६ प्रसारण लाइनको कुल लम्बाइ ३८३ दशमलव ५ किलोमीटर रहेको छ ।

२२० केभीको १, १३२ केभीको ७ र ३३ केभीको ६ प्रसारण लाइनले सर्वेक्षणको अनुमति पाएको विभागको भनाइ छ । बिभागका अनुसार यी प्रसारण लाइनको कुल लम्बाइ क्रमशः ४९ किलोमीटर, १७३ किलोमीटर ६३ दशमलव ७ किलोमीटर रहेको छ ।

गत आवको पहिलो त्रैमासमा ८ आयोजनाले मात्रा सर्वेक्षणको अनुमति पाएका थिए । त्यो अनुसार चालू आवमा सर्वेक्षणको अनुमति पाउने प्रसारणलाइन आयोजनाको संख्या बढेको छ ।

बिभागको महानिर्देशक नवीनराज सिंहले ‘फास्ट ट्र्याक’मा काम गर्दा सर्वेक्षणको अनुमति पाउने प्रसारण लाइन बढेको बताए । ‘पहिला यससम्बन्धी आवेदन डेढ वर्षसम्म पेन्डिङमा बस्थे । तर, अहिले त्यस्तो अवस्था छैन,’ उनले भने, ‘फास्ट ट्र्याकमा काम गर्न थालेपछि प्रवद्र्धक कम्पनीहरूले छोटो समयमा नै लाइसेन्स पाउन थालेका छन् । अब सीमित कम्पनीमात्र लाइसेन्सको पर्खाइमा छन् ।’

उनका अनुसार असोजपछि पनि २ आयोजनाले सर्वेक्षणको अनुमति पाइसकेका छन् । त्यसमा ३३ केभीको खिम्ती घ्वाङ खोला र १३२ केभीको इकुवा खोला प्रसारण लाइन रहेका छन् । अब ३३ केभीको गेलुन खोला, २२० केभीको तामाकोशी भी र १३२ केभीको अपर मोदी कोरिडोर प्रसारण लाइनले मात्र सर्वेक्षणको अनुमति पाउन बाँकी रहेको उनको भनाइ छ । चालू आर्थिक वर्षको हालसम्म २२ प्रसारण लाइनले सर्वेक्षणको अनुमतिपत्र प्राप्त गरिसकेका छन् ।

अनुमतिप्राप्त प्रवर्द्धक कम्पनीहरूले २ वर्षभित्र आयोजनाको सर्वेक्षण र वातावरणीय प्रभाव अध्ययन प्रतिवेदन तयार गरेर विभागमा बुझाउनुपर्ने हुन्छ । यद्यपि, यसका लागि ३ पटकसम्म १र१ वर्षको म्याद थप गर्ने मिल्न व्यवस्था छ । यसरी सर्वेक्षण र वातावरणीय प्रभाव अध्ययन प्रतिवेदन प्राप्त भएपछि विभागले प्रसारण लाइन निर्माणको अनुमति दिन सक्छ ।

अहिले सर्वेक्षणको अनुमति पाउने आयोजनाहरूमध्ये नेपाल विद्युत् प्राधिकरणको चारओटा छन् । प्राधिकरणको ४०० केभीको न्यू बुटवल लमही कोहलपुर, २३१ केभीको छिन्चु सुर्खेत, १३२ केभीको बाफीकोट–खुङरी र ४०० केभीको कोहलपुर न्यू अत्तरिया प्रसारण लाइनले सर्वेक्षणको अनुमति पाएको हो । यस बाहेकका प्रसारण लाइन भने निजीक्षेत्रका हुन् ।

प्राधिकरणको आयोजनाबाहेक ४०० केभी प्रसारण लाइनको अनुमति पाउने आयोजनाहरूमा अप्पर अरुण, फुकोट–तन, धाकारी–बाघमारा बेतन कर्णाली, बझाङ–वेस्ट सेती प्रसारण लाइन रहेका छन् । यस्तै, २२० केभीको प्रसारण लाइनअन्तर्गत लाप्चे खोला प्रसारणलाइन आयोजना रहेको छ ।

१३२ केभीको प्रसारण लाइनअन्तर्गत अप्पर बाह्रमायनी, मिडिल मोदी, मदामे खोला, अपर टाडी, चमेलिया प्रसारण लाइन रहेका छन् । यस्तै, ३३ केभीको प्रसारण लाइनअन्तर्गत कालीखोला सोलार पिभीप्लायन्ट, अपर पिलुवा थ्री एचपीपी र घलेम्दी खोला प्रसारण लाइन रहेका छन् । सोही भोल्टेज लेभलकै अप्पर पिलुवापोला २, अपर फ्हावा खोला र हिटी एसरएस– मेवा एचईपी– मिडिल मेवा एचईपी प्रसारण लाइनले पनि सर्वेक्षणको अनुमति पाएको विभागको भनाइ छ ।

चालू आवको हालसम्म ८ आयोजनाले निर्माणको अनुमति पनि पाएका छन् । विभागका अनुसार १३२ केभीको ५ र ३३ केभीको ३ आयोजनाले निर्माको अनुमति पाएका हुन् ।

विभागका अनुसार १३२ केभी प्रसारण लाइनअन्तर्गत अप्पर सोलुखोला, दोर्दी १ सिंगल सर्किट, होङसी सिमेन्ट मलेखु, तल्लो लिखु र लिखु १ प्रसारण लाइनले निर्माणको अनुमति पाएका हुन् । यस्तै, ३३ केभी अन्तर्गत माकरी गाड, सुर्खेत गानगेट मटेला र अप्पर माइलुङ प्रसारण लाइनले निर्माणको अनुमति पाएका हुन् । उनीहरूले प्राप्त गरेको अनुमति पत्रको अवधि ३५ वर्षको रहेको छ । त्यसपछि उक्त प्रसारण लाइन सरकारको नै हुनेछ ।,यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top