×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अन्तर्राष्ट्रिय बौद्ध महोत्सवमा नेपाल सहभागी हुँदै

१० जेष्ठ २०७५

काठमाडौँ, १० जेठ ः अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कौडण्यको नेतृत्वमा एक प्रतिनिधिमण्डल १५औँ अन्तर्राष्ट्रिय बौद्ध महोत्सवमा सहभागी हुन आज थाइल्याण्डको बैंकक प्रस्थान गरेको छ । 

संयुक्त राष्ट्र संघले यस वर्ष मनाउन लागेको उक्त कार्यक्रममा वैशाख दिवसका लागि अन्तर्राष्ट्रिय परिष्दको निमन्त्रणामा विभिन्न सम्प्रदायका बौद्ध गुरु त्यसतर्फ गए ।

यही जेठ ११ देखि १३ गतेसम्म चल्ने महोत्सवमा बौद्धदर्शनले शान्ति तथा समृद्धि कायम गर्नका लागि जनजीवनमा पारेको प्रभावबारे अन्तर्राष्ट्रिय समुदायले छलफल गर्नेछ ।

महासचिव कौडण्यले नेपालमा पछिल्लो पटक भइरहेको बौद्धदर्शनको विकास तथा त्यसको अभ्यासका बारे सहभागी राष्ट्रलाई जानकारी दिने थाहा भएको छ ।

थाइल्याण्डका नरेश भजिरालोङकर्न बोदिन्द्रदेवयभराङकुनलाई महासचिव कौडण्यले नेपालबाट लगिएका बुद्धमूर्ति उपहारस्वरुप प्रदान गर्नेछन् । अघिल्लो वर्ष सो महोत्सव श्रीलंकामा भएको थियो ।
रासस

 

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top