×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अब इटहरीमा निशुल्क वाईफाई

९ आश्विन २०७६

९ असोज,इटहरी ।
इटहरीका बिभिन्न ठाँउमा इटहरी उपमहानगरपालिकाले फ्रि वाईफाई सेवा उपलब्ध गराएको छ ।

सूचना प्रविधि अधिकृत ओशन चौधरीका अनुसार इटहरी उपमहानगरले वल्र्डलिंकसँगको सहकार्यमा तत्कालका लागि उपमहानगर परिसर,रेयुकाई चौतारी इटहरी मेनचौक,इटहरी बसपार्क,बुढिगंगा, मुक्तिघाट,लक्ष्मी नारायण मन्दिर पचरुखी चौक,वडा नम्वर २० को वडा कार्यालय परिसर तरहरा वजार र तालतलैया पार्कमा निशूल्क वाइफाई सेवा उपलब्ध गराएको हो ।

इटहरीका अन्य ठाँउमा समेत विस्तार गर्ने योजना रहेको सूचना प्रविधि अधिकृत चौधरीले जानकारी दिए । सर्वसाधारणमा सूचना प्रविधिमा सहज पहुँच स्थापित गर्दै सूचना प्रविधिमैत्री उपमहानगर वनाउन फ्रि–वाईफाई सेवा उपलब्ध गराउन थालिएको उपमहानगरले जनाएको छ ।

केही समयअघिदेखि विराटनगर महानगरले पनि मुख्य चोक क्षेत्रहरुमा निशुल्क वाईफाई सेवा सुरु गरेको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top